Home / Feature Breaking news / सरकार मध्यवर्तिबासीकाे समस्या समाधान गर- डा महत

सरकार मध्यवर्तिबासीकाे समस्या समाधान गर- डा महत

प्रेम पुन

दाङ, ८ मंसीर

नेपाली काङ्गेसका सहमहामन्त्री डाक्टर प्रकाश शरण महतले बाँके राष्ट्रिय निकुञ्ज मध्यबर्ती क्षेत्रका वासिन्दाहरूकाे समस्या समाधान गर्न सरकार समक्ष अाग्रह गरेका छन ।

चुनावी प्रचार प्रसारकाे क्रममा बाँके राष्ट्रिय निकुञ्जकाे मध्यबर्ती क्षेत्र पश्चिमदाङकाे बबई ७ मलईमा पुगेका पुर्व परराष्ट मन्त्री समेत रहेका डाक्टर महतले यस्ताे बताएका हुन ।

विभिन्न विकासकाे दृष्टिकाेणले पिछडिएका मलईबासी निकुञ्जकाे वन्यजन्तु लगाएत विभिन्न समस्याबाट गुज्रिएकाे गुनासाे सुनेकाे भन्दै कम्युनिष्ट सरकारलाई मलईबासीकाे समस्या समाधानमा गम्भिर बन्न अाग्रह गरे ।

स्थानिय तहमा सरकार अाउदा समेत समस्या समाधानमा ध्यान नदिनुले कम्युनिष्टकाे प्रवृत्ति प्रष्ट भएकाे बताए । काम भन्दा गफ लगाउने कम्युनिष्ट सरकारबाट जनताले कुनै राहत पाउन नसकेकाे भन्दै लाेकतान्त्रिक अान्दाेलनका सालिन, जुझारू र याेग्य नेता केशवराज अाचार्यलाई जिताउन अाग्रह गरे । ‘हामी कुरा हाेइन विकासका काम गरेर देखाउछाै डाक्टर महतले मतदाता संग अाग्रह गर्दै भने विकास प्रेमी काङ्गेसलाई जिताउनुस, हामी विकास गरेर देखाउछाै । प्रधानमन्त्री वलीकाे जस्ताे काङ्गेसकाे बाेली छैन गाउँ गाउँमा विकास दिन चाहान्छाै तर घरघरमा ग्यासकाे पाइन, रेल र पानिजहाजकाे सपना देखाए भाेट माग्दैनाै उनले थपे बेलैमा जनताले बुझ्नुपर्छ नत्र पछुताउनु पर्ने छ ।’ उनले भने ।

दाङ क्षेत्र नं ३ ख उपनिर्वाचन लागि नेपाल काङ्गेसका उम्मेदवार केशवराज अाचार्यले मलईकाे सम्पुर्ण समस्या बारेमा अवगत रहेकाे भन्दै समस्या समाधानमा पहल चाल्ने बताए । ‘उपनिर्वाचनमा काग्रेसलाई  भाेट दिएर सहयाेग गर्नुस, निवार्चन पछि विकासका काममा साथ दिनेछ ।’ उनले भने । काङ्गेस नेता रामहरी खतिवटाले देश र जनताकाे लागि लड्ने पार्टि नेपाली काङ्गेस मात्र भएकाे दावि गरे ।

देशकाे विकास नेपाली काङ्गेस विना सम्भव नभएकाे भन्दै विकास निर्माण जाेडिन अाचार्यलाई जिताउन अाग्रह गरे । कम्युनिष्टले जितेर के विकास गर्याे मुल्याङकन गर्नु अनि काङ्गेसलाई भाेट दिनुस उनले भने पश्चिमदाङमा विकासकाे मुहार फेर्ने तपाई कै हातमा छ ।

कार्यक्रममा नेपाली काङ्गेस नेत्री देविका नेपाली र स्थानिय काङ्गेस नेता अमर वुढाले बाेलेका थिए । वडा सभापति अमर भण्डारीकाे सभापतित्वमा भएकाे कार्यक्रमकाे सहजिकरण सचिव महादेव केसीले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*