Home / Feature Breaking news / डिसीसँग वडाको समस्या सुनाउदै वडाबासीहरु

डिसीसँग वडाको समस्या सुनाउदै वडाबासीहरु

घोराही, ८ मंसीर
घोराही उपमहानगरपालिका वडा नम्बर १६ का मतदाताहरुले विकास मागेका छन् । मतदाताहरु भेट्नकालागि घरघमा पुगेका नेपाली कांग्रेसका उमेद्वार ताराबहादुर डिसीसँग वडाको विकास माग्ने गरेका छन् ।

वडामा रहेका समस्या लिएर उनीहरुले डिसीसँग समस्या राख्दै समाधानकालागि अध्यक्ष भएपछि समाधानकालागि माग गर्ने गरेका छन् । घरदैलो र चुनावी सभामा सहभागि हुन आउने मतदाताहरुले वडामा सडक सञालदेखी खानेपानीको समस्या देखाउने गरेका छन् ।

मतदाताहरुले जिल्लाका सदरमुकामसँग जोडिएको वडामा कालोपत्रे सडक नहुनु आफुहरुकालागि दुर्भाग्य भएको भन्दै उनीहरुले डिसीसँग गुनासो गर्ने गरेका छन् । उनीहरुले सिँचाइको व्यवस्था नहुदाँ खेतबारी बाँँझै हुने गरेको र स्वच्छ खानेपानी नपाउनु वडाको समस्या भएको बताएका छन् ।

‘न गतिलो सडक छ न त खानेपानी न त सिँचाई नै छ घोराहीसँग सँगै जोडिएको वडा भएपनि यस्तो छ हालत’ शान्ती चौधरीले भनीन्–‘अहिले पनि हाम्रो वडामा कतिपय ठाँउमा विद्युत नै छैन ।’

वडाबासीहरुले अघिल्लो निर्वाचनमा सबै समस्या समाधान गर्ने भन्दै आँफुहरुलाई आश्वासन देखाएर निर्वाचन जितेपनि समस्या जस्ताको त्यस्तै भएको उनीहरुको भनाई छ ।

‘अघिल्ला चुनावमा हामीलाई झूक्याएर, आशा देखाएर भोट मागे । विकास होला भनेर दियौँ पनि तर आजसम्म कुनै समस्या समाधान भएन’ कांग्रेसका उमेद्वार डिसीसँग लालमति बुढाले भनीन्– ‘पहिले त झुक्काए यो पटक त झुक्कीनौ, कांग्रेसलाई भोट दिने हो ।’

मतदाताहरुको समस्या सुन्दै डिसीले विजयी भएपछि वडाका हरेक समस्या समाधानकालागि वडाबासीहरुसँग सल्लाह गरेर काम गर्ने बताउने गर्नुभएको छ । उहाँले वडालाई नमूना बनाउनकालागि लागिपर्ने प्रतिवद्धता व्यक्त गर्दै मत दिएर विजयी बनाउन अनुरोध गर्नुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*