Home / समाचार / सरकारद्धारा घोराहीका होटलको स्तरीकरण

सरकारद्धारा घोराहीका होटलको स्तरीकरण

घोराही, २६ बैशाख । सरकारले घोराहीका होटल तथा रेष्टुरेन्टहरुको स्तरीकरण गर्न थालिएको छ । खाद्य प्रविधी तथा गुणनियन्त्रण डिभिजन कार्यालय तुलसीपुरले विभिन्न सरोकारवालाहरु सँगको समन्वयमा घोराहीका होटल तथा रेष्टुरेन्टहरुको स्तरीकरण गर्न थालेको हो । एक साता पहिले तुलसीपुरमा स्तरीकरण गर्न सुरु गरेको डिभिजनले विहिबार बाट घोराहीका होटलहरुको अबस्था बुझ्न थालेको हो ।

होटल तथा रेष्टुरेन्टहरुको चौतर्फि व्यवस्थापकिय पक्षहरुलाई हेरेर स्तरीकरण गरिने कार्यालयका खाद्य अनुसन्धान अधिकृत विबेक बन्जाराले जानकारी दिनुभयो । विभिन्न पक्षलाई समेटिएका ५० सूचकहरुका आधारमा अतिउत्तम, उत्तम, सन्तोषजनक र सामान्यमा बर्गिकरण गरिने उहाँको भनाई छ । ९० भन्दा माथि अंक ल्याउने अतिउत्तम, ८० देखी ८९ सम्म अंक ल्याउने उत्तम, ६५ देखी ७९ सम्म अंक ल्याउने सन्तोषजनक र ५० देखी ६४ अंक सम्म ल्याउनेलाई सामान्य अबस्थामा बर्गिकरण गरिने निति रहेको छ ।

पहिलो दिन घोराहीका होटल सिटी प्लाजा, होटल डोको र साईनो होटलको अनुगमन गरिएको छ । जसमा सिटी प्लाजा अतिउत्तम, डोको सन्तोषजनक र साईनो होटल सामान्यमा बर्गिकरण भएका छन् । अति उत्तम हुन नसकेका होटल तथा रेष्टुरेन्टलाई सुधार गर्नका लागि निबेदन दिएर एक महिनाको समय दिने समेत व्यवस्था गरिएको छ । यसैविच आजै घोराहीमा स्थानिय खाद्य स्वच्छता समूह गठन गरिएको छ । दाङ देउखुरी होटल व्यवसायी समितिका सचिब ईश्वरकुमार बुढाको संयोजकत्वमा ७ सदस्यी समिति गठन भएको हो ।

समितिको सदस्यहरुमा घोराही उपमहानगरको उपभोक्ता हित संरक्षण शाखा प्रमुख होमलाल भुसाल, जिल्ला प्रहरी कार्यालयका डिएसपी विनोदविक्रम शाह, जिल्ला प्रशासनका स्यामकुमार आचार्य, होटल व्यवसायी महासंघ प्रदेश ५ का दिपेन्द्र पुन, उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष केशबकुमार शर्मा रहनुभएको छ । समितिको सदस्य सचिबमा खाद्य प्रविधी तथा गुणनियन्त्रण डिभिजन कार्यालयका खाद्य अनुसन्धान अधिकृत विवेक बन्जारा रहनुभएको छ । सोही समितिले घोराहीका होटलहरुको स्तरीकरण गर्न थालेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*