Home / समाचार / क्यान्सर पीडितलाई आर्थिक सहयोग

क्यान्सर पीडितलाई आर्थिक सहयोग

दाङ, २० जेठ । घोराही उपमहानगरपालिका वडा नं १९ सैघा बोल्दी निवासी क्यान्सर पीडित भेषकली रागु मगरलाई डेढ लाख वढी सहयोग गरिएको छ । पीडित मगरलाई १ लाख ५६ हजार ३ सय ६२ रुपैया प्रदान गरिएको छ । घोराही उपमहानगरपालिका वडा नं १९ का नेपाली काँग्रेसका इकाई सभापति ज्ञानबहादुर रायमाझीको पहलमा सङकलन गरिएको रकम सहयोग गरिएको हो ।

पीडितको आर्थिक अवस्था कमजोर भएको कारण उपचारमा सहयोग पु¥याउन सहयोग सङकलन गरिएको रायमाझीले जानकारी दिए । यस अभियानमा देश भित्र तथा रोजगारको लागि विदेश गएका नेपालीहरुवाट समेत सहयोग आएको उनको भनाइ रहेको छ । ‘सानो सहयोगले कसैलाई ठुला सहयोग मिल्छ भने किन नगर्ने भनेर यस प्रकारको अभियान सञ्चालन गरेको हु’ रायमाझीले भने ।

रागु मगरको आर्थिक अवस्था ज्यादै कमजोर भएकाले सवैमा सहयोग गर्न समेत आग्रह गरेका छन् । रागु मगर विगत ६ महिनादेखि क्यान्सर रोग वाट पिडित छिन् । उनको हाल चितवन क्यानस अस्पतालमा उपचार भइ राखेको छ । यसरी सहयोग गर्नेहरुमा चित्र वुढा, धनि वुढा रोल्पावाट २५ हजार ५ रुपैया, जुद्धवहादुर घर्ति (जगत) घोराही ६ हजार ५ रुपैया, बमबहादुर खडकाले ५ हजार ५ सय ५५ रुपैया, गोपाल खडकाले ६ हजार ३ सय ५४, चन्द्रवहादुर सुनारले ५ हजार १ सय १६ रुपैया, भोवा खत्रीले ५ हजार १ रुपैया, भेगवहादुर खडकाले ५ हजार ६ रुपैया सहयोग गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*