Home / Feature Breaking news / जिल्ला सभा जेठ २५ मा

जिल्ला सभा जेठ २५ मा

दाङ, २० जेठ । दाङ जिल्लाको ‘तेस्रो जिल्लासभा’ जेठ २५ गते हुने भएको छ । सोमवार बसेको जिल्ला समन्वय समितिको बैठकले सभागर्ने निर्णय गरेको हो । सभाको उदघाटन कार्यक्रममा सभामुख तथा क्षेत्र न २ का प्रतिनिधिसभा सासद कृष्णबहादुर महरा र प्रदेश न. ५ का मुख्यमन्त्री शंकर पोख्रेल आउने कार्यक्रम तयभएको छ ।

त्यसैगरेरर जिल्लाबाट प्रतिनिधिसभा र राष्टियसभामा प्रतिनिधिगर्ने सासद, प्रदेश सासद, जिल्ला समन्वय महासंघका केन्द्रीय अध्यक्ष सिता सुन्दासलाई आमन्त्रण गरिएको छ । त्यसैगरेर जिल्लाकादशै वटै पालिका प्रमुख, उपप्रमुख, राजनीतिक दल, नागरिक समाज, निजी क्षेत्र र पत्रकारहरुलाई आमन्त्ररण गरिने भएको छ । त्यसैगरेर बैठकले दाङ विकास सल्लाहकार परिषदलाई पनि पुर्णता दिएको छ । सल्लाहकार परिषदको संयोजकत्वमा समन्वय समितिका प्रमुख जितेन्द्रमान नेपाली छन् ।

सदस्यमा समन्वय समितिका उपप्रमुख श्रीधर शर्मा पौडेल, दशै वटै पालिका प्रमुख छन् । त्यसैगरेर राजेन्द्र श्रेष्ठ, माधव गौतम, रमण शर्मा, नवराज सुवेदी, विकिरण गौतम र लेखनाथ आचार्यलाई पनि सल्लाहकार परिषदको सदस्यमा बैठकले चयन गरेको छ । समितिको सदस्य सचिवमा समन्वय अधिकारी कृष्णप्रसाद गौतम छन् । बाँकी एक सदस्य पछि थप्ने निर्णय भएको समन्वय अधिकारी गौतमले बताए । त्यसैगरेर बैठकले सभाको तयारीको लागि विभिन्न समिति पनि गठन गरेको छ ।

समन्वय समितिका उपप्रमुख पौडेलको संयोजकत्वमा जिल्ला सभामा प्रस्तुत गरिने बार्षिक निती कार्यक्रम र सदस्य देविलाल थारुको संयोजकत्वमा मञ्च व्यवस्थापन र प्रचार उपसमिति गठन गरेको छ । बैठक जिल्ला समन्वय समितिका प्रमुख नेपालीको अध्यक्षतामा बसेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*