Home / Feature Breaking news / दाङमा ब्राउन सुगरसहित ३ जना पक्राउ

दाङमा ब्राउन सुगरसहित ३ जना पक्राउ

दाङ,२० जेठ । दाङ प्रहरीले लागु औषध खैरो हेरोइन (ब्राउन सुगर) तीन जनालाई पक्राउ गरेको छ । बा १९ च ८८३३ नम्वरको हाईलेक्स गाडीमा नेपालगंजवाट दाङतर्फ आइरुहेको गोप्य सूचनाका आधारमा प्रहरीले जेठ १९ गते रात आठ बजे लमही नगरपालिका–९ अमिलियाचोकबाट तीन जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा सुर्खेत जिल्ला बिरेन्द्रनगर नगरपालिका–५ निवासी ३६ बर्षीय गाडी चालक लक्ष्मण सापकोटा, नेपालगंज उपमहानगरपालिका–१५ निवासी ३२ बर्षीया गुड्डु कवडिया र सोही ठाउँ निवासी २४ बर्षकी रुक्सार कवडिया रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरिक्षक विनोदविक्रम शाहले जानकारी दिए ।

IMG_9086

प्रहरीले उनीहरुको साथवाट कालो प्लाष्टिकले बेरी सेतो प्लाष्टिकमा पोको पारेर राखेको लागुऔषध खैरो हेरोइन एक सय ८० ग्राम बरामद गरेको शाहले बताएका छन । साथै प्रहरीले उनीहरुको साथवाट नगद सात हजारसहित तीन थान मोवाइल र गाडी नियन्त्रणमा लिएको छ । पक्राउ परेका उपर लागुऔषध ओसार पसार तथा विक्री वितरण गरेको कसूरमा लागुऔषध(नियन्त्रण) ऐन २०३३ बमोजिम मुद्धा दर्ता गरेर अनुसन्धान भईरहेको प्रहरी नायव उपरिक्षक शाहले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*