Home / समाचार / विद्यार्थी बोकेको बस दुर्घटना हुँदा,१० जनाको मृत्यु

विद्यार्थी बोकेको बस दुर्घटना हुँदा,१० जनाको मृत्यु

दाङ । दाङमा विद्यार्थी बोकेको बस दुर्घटना हुँदा कम्तिमा १० जनाको मृत्यु भएको छ।

तुलसीपुर उपमहानगरपालिका– ३ राम्री नजिक बा४ख ९७६६ नम्बरको विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १ महिला र ९ पुरूषसहित

१० जनाको मृत्यु भएको दाङका एसपी बेलबहादुर पाण्डेले जानकारी दिए।
सल्यानको कपुरकोटस्थित मुलपानी वनस्पती उद्यानको अवलोकन भ्रमण गरेर फर्कंदै गरेको विद्यार्थी र शिक्षक चढेको बस शुक्रबार साँझ दुर्घटनामा परेको हो। बसमा शिक्षक तथा विद्यार्थीसहित ३१ जना चढेका थिए।

धेरै हताहती भएको हुनसक्ने प्रहरीको अनुमान छ। बसमा ९ जना महिला र २२ जना पुरूष रहेको दुर्घटनामा घाइते भएका विद्यार्थीले जानकारी दिएका छन्। यद्यपि, दुर्घटनाको पूर्ण विवरण आइसकेको छैन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*