Home / समाचार / दाङको राम्रीमा बस दुर्घटना,नौ जनाको मृत्यु

दाङको राम्रीमा बस दुर्घटना,नौ जनाको मृत्यु

दाङ । दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. ३ राम्रीमा बस दुर्घटना भएको छ ।
ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायब उपरीक्षक प्रेमबहादुर शाहीका अनुसार अहिले प्रहरी घटना स्थलमा पुगेको र उद्धारको काम जारी रहेको छ ।

बा ४ ख ९७६६ नम्बरको बस सल्यानको कपुरकोट स्थीत मुलपानी वनस्पति उद्यानको अवलोकन भ्रमण गरेर फर्कदै गर्दा बेलुका ५ बजे दुर्घटना भएको हो । शिक्षक र बिद्यार्थी चढेको गाडि दुर्घटना भएको हो ।

बस सडकको छाँगाबाट खसेको र सडकबाट बस नदेखिएको प्रहरीको भनाइ छ । दुर्घटनामा ९ जनाको सव भेटिएको प्रहरी जानकारी दिएको छ ।बस कुन विद्यालयको भने अझै खुल्न सकेको छैन । घट्नाको थप विवरण आउन बाँकी रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*