Home / Feature Breaking news / पाण्डव स्थानानस्थल शितलपुरमा पहिलो पटक बोल बम मेला

पाण्डव स्थानानस्थल शितलपुरमा पहिलो पटक बोल बम मेला

देबिराम कुसारी
शितलपुर,६ साउन । पाण्डव स्नान त्रिर्थ स्थल दाङको शितलपुर स्थित त्रिशिद्धेश्वार शिव मन्दिरमा पहिलो पटक आज ( सोमवार) देखि बोल बम मेला सुरु भएको छ ।
साउन महिनाको प्रत्यक सोमवार हुने यो बोल बम मेलामा विभिन्न धार्मिक अनुष्ठा गरिने मन्दिर व्यवस्थापन समिका अध्यक्ष चित्रबहादुर गिरीले जानकारी दिए । मेलामा पण्डव स्नान सर्युगंगावाट पैदल जलयात्रा गरि शिव मन्दिरमा पुगेर शिबको मुर्तिमा जल चढाउने व्यवस्था गरिएको छ ।

पण्डित कोमल उपाध्यायको नेतृत्वमा हुने धार्मिक कार्यमा ब्राहमण शिवचन्द्र गौतमले मन्त्रोच्चारण गर्ने व्यवस्था मिलाएको हरिहर पौडेलले जानकारी दिएका छन ।

bolbam yatra
एक सय आठ श्रीमद भागवत कर्ता डिला पाण्डेको समेत सहभागिता रहने मेलामा रुद्रि पाठ गरीनुका साथै माहा मृत्युण्जय मन्त्र पाठ गरिने भएको छ । साउनको अन्तिम सोमवारका दिन गरिने कार्यमा सहभागी हुदा एक हजार बत्ति, बेलपत्र र पुजा सामग्रीका साथ आउन पण्डित उपाध्यायले सवै भक्तजनमा आग्रह गरेका छन ।

सवा एक लाख पटक मन्त्र पाठ र हवन गरिने महत्वपुर्ण कार्यमा सहभागी हुनका लागि सवै भक्तजनलाई व्यवस्था मिलाईएको मन्दिर व्यवस्थापन समितिका डिल्लीबहादुर वस्नेतले जानकारी दिएका छन । मन्दिर परिसरमा भजन कृतजन सुरु भएको छ भने पुजापाठ पनि सुरु भएको पुजा व्यवस्थापक खड्कबहादुर बुढाथोकीले बताए ।

नेत्रेश्वर महादेवको उत्पति भएको यस स्थानमा शिव, गणेश, कृष्ण, राधा, भगवती, बज्रङ्गवली लगाएत देवि देवताका मन्दिर रहेका कारण यहाँ आउने भक्तजनलाई सवैको पुजा गर्ने व्यवस्था मिलाईएको छ । सत्ययुगमा पाच पण्डवले विहारका क्रममा शितलपुर स्थित सर्यु नदिमा स्नान गरि शिव मन्दिर परिशरमा धुपदिप गरेको धार्मिक मान्यता रहि आएको छ ।

शिव मन्दिर व्यवस्थापन समितिका स्थापक अध्यक्ष गेदबहादुर वलीले दिनको १२ वजे मन्दिर स्थापना गरेकै स्थानवाट सुर्य उदाएको देखेपछि मन्दिरको निर्माण गरिएको थियो । यसरी उदाएको सुर्य नभै माहादेवको त्रिनेत्रेश्वर स्वरुप भएको भागवत अध्याता एवं पण्डित कोपल उपाध्यायको भनाई रहेको छ । यश पवित्र स्थानमा स्नान र पुजापाठ गर्नाले कैयन पाप पखालिने र पुन्य प्राप्त हुने धार्मिक मान्यता रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*