नारायणपुर, २८ असार
घोराही १० नारायणपुरकाे महादेव टोल विकास सस्थाले निर्माण गरेको महादेव मन्दिरको आज शनिवार उद्घाटन गरिएको छ ।
संस्थाका अध्यक्ष अम्मर बहादुर केसीको अध्यक्षता तथा घोराही १० का सदस्य केशरी बि कको प्रमुख आतिथ्यमा भयको कार्यक्रममा नेपाली काङ्ग्रेस त्रिपुर का सभापति दिपक पाण्डे , घोराही उप-महानगर आर्थिक शाखा प्रमुख दुर्गा प्रसाद रिजाल, स्वास्थ्य चौकीका विनोद केसी उद्याेग वाणिज्य संघ नारायणपुरका उपाध्यक्ष अभियान बस्नेत, नेकपाका हिरा पुन, नारायणपुर खानेपानी तथा सरसफाई उपभाेक्ता समितिका अध्यक्ष कुल प्रसाद रजौरे(श्रवण), युनिक टोल विकास संस्थाका अध्यक्ष तिलक रोका, सुर्योदय टोल संस्थाका गणेश बुढाथोकी र महतवा सघ दाङका अध्यक्ष चन्द्रप्रसाद चौधरी लगायतकाले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रमको सहजीकरण महादेव टोल संस्थाका सचिव ध्रुव रसाइलीले गर्नु भयको थियो । दाताहरूकाे करिब ४ लाखकाे लागतमा निर्माण भएको हाे ।
RaptiSandesh RaptiSandesh