Home / Feature Breaking news / ‘दाङ काग्रेसको किल्ला हो,काग्रेसले नै चुनाव जित्छ’–केन्द्रीय सदस्य चौधरी

‘दाङ काग्रेसको किल्ला हो,काग्रेसले नै चुनाव जित्छ’–केन्द्रीय सदस्य चौधरी

घोराही,२० कार्तिक । नेपाली कांग्रेसका केन्द्रीय सदस्य पार्वती डिसी चौधरीले नेपाली काग्रेसले दाङका सवै क्षेत्रहरुमा जित हासिल गर्ने बताएकी छिन ।
प्रेस युनियन दाङले सोमवार लमहीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै काग्रेसकी केन्द्रीय सदस्य चौधरीले आपसी मतभेद र तिक्तता त्यागेर काग्रेसका नेता तथा कार्यकर्ताहरु चुनावमा खट्ने हो भने सत्तालोभका कारण बनेको एमाले–माओवादीको बामगठबन्धनले दाङमा कुनै पनि ठाउँमा चुनाव जित्न नसक्ने बताईन ।
उनले सत्ता कव्जा गर्ने र काग्रेसलाई सिध्याउने गरी बनेको अपवित्र बामगठबन्धनवाट जनताहरु समयमै सचेत बन्न समेत आग्रह गरेकी छिन । ‘बामगठबन्धनका नाममा काग्रेसलाई कमजोर बनाउने र देशलाई अस्थीरतामा फासाउने काम कम्युनिष्टहरुवाट हुदैछ ।’– साविक दाङ क्षेत्र नं.१ वाट निर्वाचित पूर्व सांसद समेत रहेकी चौधरीले भनिन्–‘काग्रेस र लोकतन्त्रलाई कमजोर बनाउने कम्युनिष्टहरुको खेलप्रति जनताहरु समयमै सचेत बन्नुपर्छ ।’ काग्रेसका कारण जिल्लामा धेरै विकास निर्माणका कामहरु भएको भन्दै उनले कम्युनिष्टहरुले काम नगरेपनि बढि प्रचारबाजी गरेको उनको आरोप छ ।
उनले दाङ काग्रेसको गडका रुपमा रहेको भन्दै अहिले आगामी निर्वाचनमा पनि दाङका सवै क्षेत्र काग्रेसले जित्ने बताइन । ‘प्रतिनिधिसभाका लागि टिकट मैले पनि पाउनुपर्छ भनेको थिए तर टिकट पाईन’– उनले भनिन–‘अहिले नपाएर अर्काे पटक पाइने भएकाले पार्टीका सवै नेता तथा कार्यकर्ताहरु उम्मेदवारलाई जिताउन लाग्नुपर्छ ।’ काग्रेसका उम्मेदवारले हार्नु भनेको पार्टीले हार्ने भएकाले पनि उम्मेदवारहरुलाई जिताउनका लागि विमतिलाई भुलेर एकले अर्कालाई सम्मान गरेर निर्वाचनमा खट्नुपर्ने बताइन ।
त्यस्तै काग्रेसकी नेतृ तथा क्षेत्र नं. १ प्रतिनिधिसभा उम्मेदवार शुसिला चौधरीले संविधानको स्थायित्वसँगै देखउुरी क्षेत्रको दिगो विकास लागि काग्रेसले जित्न आवश्यक रहेको बताईन । कम्युनिष्टहरुवाट देशको विकास हुन नसक्ने भन्दै उम्मेदवार चौधरीले शान्तिको स्थायित्वसँगै लोकतन्त्रको रक्षाका लागि लोकतान्त्रीक शक्ति बिजयी हुनुपर्ने उनको धाराना रहेको छ ।
प्रेस युनियन दाङका उपाध्यक्ष बसन्धरा गौतमको अध्यक्षतामा भएको पत्रका सम्मेलनमा प्रद्रेशसभा (क) प्रदिप थापा र प्रदेशसभा (ख)का जानकीलाल बस्नेतले क्षेत्र नम्वर १ को विकास लागि आफुहरु योजना बनाएर अघि बढ्ने बताएका थिए । नेपाल प्रेस युनियन दाङका कार्यसमिति सदस्य आरके शितलको स्वागत मन्तव्यवाट सुरुभएको पत्रकार सम्मेलनको सञ्चालन युनियनका सचिव देवेन्द्र बस्नेतले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*