Home / Feature Breaking news / पाँच नम्बर प्रदेश अस्थाई मुकाम तोक्न माग सहित दाङमा कडा आन्दोलन गरिदै

पाँच नम्बर प्रदेश अस्थाई मुकाम तोक्न माग सहित दाङमा कडा आन्दोलन गरिदै

दाङ, २ माघ
प्रदेश नम्बर ५ को राजधानी दाङ नबनाउने संकेत पाएको भन्दै दंगालीहरुले आज जिल्लामा कडा आन्दोलन गर्दैछन् । दाङ प्रादेशीक सरोकार समितिको अगुवाईमा जिल्लाका विभिन्न स्थानमा दंगालीहरुले आज अन्दोलन गर्ने भएका छन् ।

जिल्लाको घोराही, तुलसीपुर र देउखुरीमा कडा अन्दोलनका कार्यक्रम गर्ने तयारी रहेको समितिका सदस्य सचिव एवं नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सविन प्रीयासनले जानकारी दिनुभयो ।

जस अनुसार आज मंगलवार दिउसो २ देखी ४ बजेसम्म जिल्लाका सम्पूर्ण पसलहरु बन्द गर्ने, ३ देखी ४ बजेसम्म यातायात बन्द गर्ने र घोराही, तुलसीपुर र देउखुरीमा वृहत पर्दशन गर्ने तयारी रहेको प्रीयासनले जानकारी दिनुभयो ।

घोराहीमा दिउसो दाङ जिल्ला उद्योग वणिज्य संघको भवनमा भेला भएर वृहत पर्दशनको कार्यक्रम रहेकाले उपस्थितिकालागि सम्पूर्ण जिल्लाबासीहरुमा सरोकार समितिले अनुरोध गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*