Home / Feature Breaking news / लमही नगरपालिकाले आइसोलेसन सेन्टर सञ्चालन गर्ने

लमही नगरपालिकाले आइसोलेसन सेन्टर सञ्चालन गर्ने

देउखुरी, २४ कार्तिक । लमही नगरपालिकाले आफ्नै आइसोलेसन सेन्टर सञ्चालन गर्ने भएको छ ।

देउखुरी कोरोना आइसोलेसन सेन्टर लालमटियामा लुम्बिनी प्रदेशको हिउँदे अधिवेशन सञ्चालनका लागि तयारी गर्ने उद्देश्यले आइसोलेसन सेन्टर बन्द गरिएपछि लमही नगरपालिकाले आफ्ै आइसोलेसन सेन्टर सञ्चालन गर्ने भएको हो ।

लमही नगर प्रमुख तथा विपद व्यवस्थापन समितिका संयोजक कुलबहादुर केसीको अध्यक्षतामा सोमवार बसेको बैठकले लमही नगरपालिका–५ को रातोडाडोमा रहेको सहिद नेत्रलाल अभागि स्मृति भवनलाई आइसोलेसन केन्द्रका रुपमा सञ्चालन गर्ने निर्णय गरेको छ ।

कोरोना भाइरस (कोभिड–१९) को संक्रमणलाई नियन्त्रण, रोकथामसँगै विरामीलाई उपचार गर्ने उद्देश्यले पालिकाले सहिद नेत्रलाल अभागि स्मृति भवनलाई आइसोलेसन केन्द्रका रुपमा सञ्चालनमा ल्याउने तयारी गरिएको संयोजक केसीले जानकारी दिएका छन ।

‘देउखुरीको लालमटियामा रहेको आइसोलेसन सेन्टर बन्द गर्ने भएपछि लमहीले आफ्नो छुट्टै आइसोलेसन सञ्चालनको तयारी थालेको छ’–नगर प्रमुख समेत रहेका संयोजक केसीले भने–‘पहिले क्वारेन्टाइनका रुपमा चलाएका थियौ,अव उक्त भवनलाई आसोलेसनका रुपमा प्रयोग गर्नेछौ ।’

त्यसैगरी बैठकले लमही नगरपालिका क्षेत्रभित्र उपभोक्त, व्यापारी तथा आम नगरबासीलाई कोभिड १९ संक्रमणबाट बच्नका लागि अनिवार्य रुपमा स्वास्थ्य मापदण्ड पालना गर्न समेत अुनरोध गरेको छ ।

बैठकले शुभदिपावलीको अवसरमा आम नगरबासीलाई शुभकामना दिदै यसपटक कोभिड १९को संक्रमणको जोखिम रहेको भन्दै दिपावलीको अवसरमा देउसी भैलो खेल्ने, खेलाउने कार्य नगर्न समेत नगरवासीलाई आग्रह गरिएको नगर प्रवक्ता बिमबहादुर केसीले जानकारी दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*