Home / Feature Breaking news / मेट्रो कलेजमा आधारभुत पत्रकारिता तालिम

मेट्रो कलेजमा आधारभुत पत्रकारिता तालिम

तुलसीपुर, १४ फागुन ।

तुलसीपुर मेट्रो कलेजमा बिएएलएलबी कार्यक्रममा अध्ययनरत विद्यार्थीका लागि आयोजना गरिएको आधारभुत पत्रकारिता तालिमको समापन गरिएको छ । नेपाल पत्रकार महासंघ दाङ्गको आयोजनामा भएको तालिममा समाचार लेखन, पत्रकारिताका सिद्धान्त, आचारसंहिता लगायतका विषयमा विद्यार्थीहरुलाई प्रशिक्षण दिइएको थियो ।

कार्यक्रममा बोल्दै महासंघ दाङ्गका अध्यक्ष दुर्गालाल केसीले मिडियाका बारेमा सबैलाई जानकारी गराउन आवश्यक रहेको बताए । उनले आम मानिसमा मिडियाका बारेमा भ्रम रहेको बताउँदै महासंघले मिडियाका बारेमा बुझाउन मिडिया साक्षरता कार्यक्रम सञ्चालन गर्न लागेको बताए । उनले सामाजिक सञ्जालको प्रयोगमा सावधानी अपनाउनुपर्ने भन्दै सामाजिक सञ्जालमा भेटिने राम्रा र नराम्रा सामग्रीहरु छुट्याउन आवश्यक रहेको कुरामा जोड दिए ।

तुलसीपुर मेट्रो कलेजका प्रमुख वसन्त आचार्यले कलेजले विद्यार्थीहरुको सृजनात्मक क्षमताको विकासका लागि तालिमको आयोजना गरेको बताए । ‘हामीले जानेको कुरा हामीसँग मात्रै सिमित गर्नु हुँदैन, अरुलाई पनि जानकारी दिनुपर्दछ । पत्रकारिताले एउटाको ज्ञानलाई धेरै जनासम्म पुर्याउनका लागि मद्दत गर्दछ । ’ कलेज प्रमुख आचार्यले भने ।

कार्यक्रमका नेपाल पत्रकार महासंघका उपाध्यक्ष सन्तोष सुवेदी, विद्यार्थीहरु देविसरा ओली, दुर्विन ओली, निराजन आचार्य र पारस ओलीले मन्तव्य राखेका थिए । कार्यक्रमको सहजिकरण सचिव आरके सितलले गरेका थिए । तालिममा ३२ जनाको सहभागिता रहेको थियो । तालिमको प्रशिक्षकमा दुर्गालाल केसी, नारायण खड्का र सन्तोष सुवेदी रहेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*