Home / समाचार / आर्थिक समृद्धिमा सहकारीको महत्वपूर्ण भूमिका

आर्थिक समृद्धिमा सहकारीको महत्वपूर्ण भूमिका

दाङ,२४ कार्तिक । सुधार सामाजिक उद्यमी महिला सहकारी संस्था घोराही उपमहानगरपालिका– ३ झिङ्गनीको आइतवार ८औ साधारणसभाका अवसरमा आयोजित कार्यक्रममा बोल्ने बक्ताहरुले सहकारीका माध्यमबाट आर्थिक समृद्धि गर्न सकिने बताएका छन् ।

त्यसका लागि सहकारीले दिर्घकालिन योजना बनाएर संकलन गरेको रकम परिचालयन गर्न आवश्यक रहेको उनीहरुको भनाई थियो । संस्थाका अध्यक्ष निलक्वारी चौधरीको अध्यक्षता तथा घोराही उपमहानगरपालिका वाड नं.३ का वडा अध्यक्ष माधब चौधरीको प्रमुख आतिथ्य र घोराही उपमहानगरपालिका सहकारी शाखाका देवा सुवेदीको बिशिष्ट आतिथ्यमा भएको कार्यक्रममा बोल्ने बक्ताहरुले सहकारीले समाजमा छरिएर रहेको पुजीलाई एकृकीत गर्ने काम गरेको बताएका थिए ।

साथै उनीहरुले संकलन भएको उक्त पैसालाई आयआर्जनका लागि लगानी गर्नुपर्नेमा समेत जोड दिएका थिए । कार्यक्रमका प्रमुख अतिथी चौधरीेले समुदायमा छरिएर रहेको पुँजीलाई संकलन गरी समुदायलाई आर्थिक रुपमा शसक्त बनाउनका लागी सहकारीले महत्वपूर्ण भुमिका निर्बाह गरेको बताएका थिए ।

सहकारीले स्थानिय उत्पादन र उत्पादित सामाग्रीहरुको बजारीकरणका लागि एकद्धार प्रणालीबाट कारोबार गर्दै आएकोमा खुसी ब्यक्त गर्दै आगामी दिनमा यो कार्यलाई सहकारीको कार्यक्षेत्र भित्रबाट अनिवार्य तथा दिगो रुपमा बिस्तार गर्न समेत आग्रह गरेका थिए । वडा अध्यक्ष चौधरीले सहकारीका माध्यमबाट आर्थिक विकाससँगै गाउँमै रोजगारी स्थापनाका लागि आफु सहयोग गर्न तयार रहेको समेत बताएका थिए ।

कार्यक्रममा बोल्दै कार्यक्रमका बिशिष्ट अतिथि घोराही उपमहानगरपालिका सहकारी शाखाका देवा सुवेदीले महिलाहरुले आर्थिक रुपान्तरणका लागी सहकारीले गरेको कामको प्रशंसा गर्दै राज्यले पनि सहकारीको लागी ल्याएको ऐन नियम अनुसार काम गर्नु आजको आवश्यक्ता रहेको बताएकी थिइन ।

कार्यक्रममा बोल्दै हेफर ईन्टरनेशनल नेपालका कार्यक्रम अधिकृत जगत चौधरीले अहिलेको परिबेशमा समुदायको बैंक भनेकै सहकारी रहेको हुदा सहकारी चलाउनका लागी बिधि र प्रविधि महत्वपुर्ण रहेको बताए ।

कार्यक्रममा बोल्दै ग्रामीण महिला उत्थान केन्द्र दाङका माधवा पोख्रेलले असम्भव केहि छैन् भन्ने कुराको लागी गत्तिलो उदाहरण महिला सहकारी रहेको बताउदै आर्थिक समृद्धिका लागी सहकारीमा आवद्द शेयर सदस्यहरुको भुमिका महत्वपुर्ण रहेको बताए ।

कार्यक्रममा बोल्दै नेपाल महिला सामुदायिक सेवा केन्द्र दाङका अध्यक्ष कल्पना न्यौपानेले सहकारीले महिला उद्यमीहरु उत्पादनका साथै महिला सशक्तीकरणका सवालमा पनि काम गर्दै आएकोमा खुसी ब्यक्त गर्दै सरकारको निति र बिधि अनुसार सहकारीले काम गर्नुपर्नेमा जोड दिएकी थिइन ।

संस्थाका उपाध्यक्ष पार्वती रोकाको स्वागत मन्तब्यवाट शुरु भएको कार्यक्रममा शहरी स्वास्थ्य केन्द्रका प्रमुख गोपिलाल वली, प्रगतिशिल टोल, बर्गदुवा टोलका अध्यक्षहरुले समेत आफनो भनाई राखेका थिए । कार्यक्रमको सहजीकरण संस्थाका सहब्यवस्थापक सम्झना श्रेष्ठले गरेकी थिइन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*