Home / Feature Breaking news / माघी प्रदेशको ठुलो सास्कृतिक पर्व हो : मुख्यमन्त्री पोख्रेल

माघी प्रदेशको ठुलो सास्कृतिक पर्व हो : मुख्यमन्त्री पोख्रेल

दाङ,११ माघ । लुम्विनी प्रदेशका मुख्यमन्त्री शंरक पोख्रेलले माघी पर्व लुम्विनी प्रदेशको सवैभन्दा ठुलो सास्कृतिक पर्व रहेको बताएका छन् ।

थारु कल्याणकारिणीसभा दाङले घोराही उपमहानगरपालिका–१६ को स्यानी अम्वापुरमा गरेको माघ नँच्नौरी÷मघली कार्यक्रमलाई सम्वोधन गर्दै मुख्यमन्त्री पोख्रेलले थारु समुदायसँगै मगर समुदायको मुख्य पर्वका रुपमा रहेको माघी लुम्विनी प्रदेशको सास्कृतिक ठुलो पर्व भएको बताएका हुन । ‘माघी हाम्रो प्रदेशको ठुलो सास्कृतिक पर्व हो ।

त्यसैले प्रदेश सरकारले दुई दिन सार्वजनिक विदा दिने गरेको छ’–मुख्यमन्त्री पोख्रेलले भने–‘यो भनेको ऐतिहासिक भूमिको सम्मान हो ।’ मुख्यमन्त्री पोख्रेलले थारु भाषा, सस्कृति संरक्षणसँगै समुदायको विकासका लागि प्रदेश सरकारले सहयोग गर्न तयार रहेको बताएका थिए । त्यसका लागि कुन ठाउँमा कसरी विकास गर्ने भन्ने योजना बनाएर अघि बढ्न थारु समुदायका अगुवाहरुलाई आग्रह गरेका थिए ।

थारु कल्याणकारीणीसभा दाङका अध्यक्ष भुवन चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेशसभा उपप्रमुख कृष्णी चौधरी, नेकपा केन्द्रीय सदस्य तथा निवर्तमान प्रतिनिधिसभा सदस्य शान्ता चौधरी, प्रदेशसभा सदस्य अमरबहादुर डाँगी, घोराही उपमहानगरपालिका नगर प्रमुख नरुलाल चौधरी, तुलसीपुर उपमहानगरपालिका प्रमुख घनश्याम पाण्डेय, थारु कल्याणकारिणीसभा पूर्व केन्द्रीय सदस्य सौगतविर चौधरीलगायतले मन्तव्य व्यक्त गरेका थिए । थारु महिला सभा अध्यक्ष शान्ता चौधरीको स्वागत मन्तव्यवाट सुरुभएको कार्यक्रमको सहजीकरण नविन चौधरीले गरेका थिए ।

कार्यक्रममा महतवा महासंघ दाङले थारु समुदायको कला,सस्कृति, परम्परासँगै समुदायको विकासका लागि १७ बुदे ज्ञापनपत्र मुख्यमन्त्री पोख्रेललाई बुझाएको थियो । उक्त ज्ञापनपत्र महातवा महासंघ दाङ क्षेत्र नं. २ का अध्यक्ष चन्द्रप्रसाद चौधरीलगायतका महतवाहरुले सयुक्त रुपमा मुख्यमन्त्री पोख्रेललाई बुझाएका थिए । त्यसपूर्व जिल्लाका विभिन्न स्थानमा कार्यक्रममा सहभागी महतवाहरुले आफ्ना समस्या र महवतालाई सरकारी मान्यता दिनका लागि छलफल समेत गरेका थिए । कार्यक्रममा थारु बुद्धिजीवी केवी चौधरीले कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यक्रममा विभिन्न थारु नृत्यहरु समेत प्रस्तृत गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*