Home / Feature Breaking news / समाज सुरक्षित बनाउने अभियान : सामुदायिक सुरक्षा जालो
सामुदायिक सुरक्षा जालो अभियान अन्तरगत घोराही उपमहानगरपालिका १३ वादी वस्तीमा बाख्रा वितरण

समाज सुरक्षित बनाउने अभियान : सामुदायिक सुरक्षा जालो

सामुदायिक सुरक्षा न. १

घोराही उपमहानगरपालिका वडा न. ३ की एक ५७ बर्षिय चौधरी समुदायको महिला । जसलाई अढाई बर्षदेखी घरको एक कोठामा थुनेर राखेको अवश्था । स्थानीय एक जनाले उक्त खबर सामुदायिक सुरक्षा जालोको टीमसम्म पु¥याए । सामुदायिक सुरक्षा जालो अभियान अन्तरगत गठन भएको समूहका सदस्य ती व्यक्तीले आफ्नो गाउँदेखी पल्लो गाउँको यो समस्या बारे जानकारी लिएसँगै अभियान टीम घरसम्मै पुगेर उहाँको अवश्थाबारे जानकारी लियो । जहाँ ती महिलालाई कोठामै थुनेर राखिएको थियो । वडा कार्यालयसँग समन्वय गरेर ती महिलालाई परिवारको सहयोगमा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा पु¥याएर मानसिक रोग विशेषज्ञसँग उपचार गराएर प्रेरणाका लागि अभियान दाङले सञ्चालन गरेको मानसिक स्वास्थ्य उपचार तथा पुनस्र्थापना केन्द्रमा रिफर गरियो । जसमा ६ महिनाको निरन्तर उपचार एवं हेरचाहले स्वास्थ्य सामान्य बनेपछि परिवारमा पुनर्मिलन भयो ।

सामुदायिक सुरक्षा न. २

घोराही उपमहानगरपालिका वडा न. ४ को एक दलित परिवार । जसलाई परिवारको सदस्य गुमाएको पीडा थियो । परिवारको सदस्यको मृत्यु पश्चात किरिया बसेको समयमा खाद्यान्नको अभाव रह्यो । जसको जानकारी वडा कार्यालयलाई भएसँगै वडा कार्यालयले आफ्नो वडाबासीलाई दुखको समयमा साथ दिनका लागि पहल सुरु ग¥यो । वडा कार्यालयलेसामुदायिक सुरक्षा जालो टिमलाई सम्पर्क ग¥यो । सामुदायिक सुरक्षा जालोको टिमले जानकारी पाएसँगै उक्त परिवारलाई सम्पर्क गरेर आवश्यक खाद्यान्न लगायतका सामाग्रीहरु घरसम्म पु¥यायो । अति विपन्न परिवार जसले दैनिक मजदुरी गरेर खर्च जोहो गर्ने परिवारलाई किरिया बसेको समयमा खानका लागि र घरमा आएका आफन्तहरुलाई खुवाउनका लागि समस्या ट¥यो ।

सामुदायिक सुरक्षा न. ३

रोल्पाको एक १६ बर्षिय बालिका । ११ कक्षामा पढ्दै गर्दा विविध कारणले मानसिक स्वास्थ्यमा समस्या भयो । होस्टेलमा बसेर कक्षा ११ मा पढ्दै गरेकी ती बालिकाले असामान्य व्यवहार देखाउन थालेपछि विद्यालय, होस्टेलले परिवारको जिम्मा लगायो । परिवारको जिम्मा लगाएपछि उनमा खासै परिवर्तन भने भएन । त्यस पश्चात सामुदायिक सुरक्षा जालोको सदस्यले जानकारी पाएसँगै घरसम्म पुगेर अवश्था बुझ्दा बालिकालाई परिवारले हातखुट्टा बाँधेर राखेको थियो । दुई हात दुई खुट्टा डोरीले बाँधेर चारतिर बाधिएको अवश्थामा फेला पारेपछि सोही दिन नै राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा ल्याईयो । कडा खालको मानसिक समस्या भएकी ती बालिकालाई मानसिक रोग विशेषज्ञ डाक्टरको सल्लाह बमोजिम अस्पतालमा भर्ना गरियो । औषधी खुवाउन सक्ने अवश्था पनि नभएको समयमा सिरिञ्जको माध्यमबाट औषधी दिए ती बालिकालाई उपचार सुरु भयो । सामुदायिक सुरक्षा जालोको प्रतिनिधीको उपस्थितिमा लगातार ८ दिनसम्म उपचार गरियो । उपचार पश्चात स्वास्थ्यमा धेरै सुधार भयो । जसले गर्दा अस्पतालले औषधी दिएर डिस्चार्ज ग¥यो । औषधी नियमीत सेवन पश्चात हाल बालिका रोल्पा घरमै रहेकी छिन् । क्रमिक रुपमा स्वास्थ्यमा सुधार भएकाले अध्ययनलाई पनि निरन्तरता दिने तयारीमा बालिका रहेको छिन् । बालिकालाई नियमीत फलोअप भईरहेको छ ।

सामुदायिक सुरक्षा न. ४

घोराही की ३१ बर्षिय वादी समुदायको महिला जसले डोकोमा फलफुल बेच्ने गर्थिन् । घोराही बजारमा डोकोमा तरकारी बेच्ने काम गर्ने गरेपछि कोभिडको समयदेखी आर्थिक अवश्थाका कारण व्यापार छोड्नुभयो । आर्थिक अभाव रहेसँगै लेबर मजदुरी गर्न सुरु गर्नुभयो । लेबर गर्न पनि स्वास्थ्यले साथ दिएन । सजिलोको लागि फलफुल बेच्ने पेशा नै मन गरेपनि आर्थिक अभावले सो पेशा छाडेकी उनको बारेमा वडाका जनप्रतिनिधीको माध्यमबाट जानकारी पाए पश्चात सामुदायिक सुरक्षा जालो टिमले १५ हजार बराबरको फलफुल र त्यसका लागि आवश्यक सामाग्री सहयोग ग¥यो । सो फलफुल बेचेर आएको रकम परिचालन गर्दै हालसम्म राम्रो आम्दानी गरिरहेकी छिन् ।

सामुदायिक सुरक्षा न. ५

बंगलाचुली गाउँपालिकाकी एक जतजाति समुदायको महिला । जसको आर्थिक अवश्था एकदमै कमजोर । दैनिकी चलाउन पनि समस्या । बाख्रा पालन गर्नका लागि वातावरण त भएको तर आर्थिक अभावका कारण बिउ बाख्रा किन्न नसकेको अवश्थामा पालिका स्तरिय गठन भएको सामुदायिक सुरक्षा जालोको समूहबाट जानकारी भए पश्चात कार्यक्रम टिम बंगलाचुली सम्म नै पुगेर बाख्रा वितरण ग¥यो । २ वटा बिउ बाख्रा पाएकी उनले हाल बाख्रा बनाएर घरखर्च सहज रुपमा चलाउन सक्ने गरि आम्दानी गरिरहेकी छिन् । उनीसँग हाल ८ वटा खसी बाख्रा छन् ।

यी माथीका ५ वटा घटनाहरु अर्थात सामुदायिक सुरक्षा न. हरु सामुदायिक सुरक्षा जालो अभियान अन्तरगत गरिएका क्रियालकपहरुको उदाहरणहरु मात्र हुन् । सामुदायिक सुरक्षा जालो अभियानले समुदायमा हुने विभिन्न समस्यामा रहेका समुदाय वा व्यक्तीहरुलाई सहजता प्रदान गर्दै आएको छ । विभिन्न मानविय र प्राकृतिक विपदमा परेको परिवार वा व्यक्तीलाई सहयोग गर्ने उद्धेश्यले सामुदायिक सुरक्षा जालो अभियान सञ्चालन गरिएको छ । नेपाल महिला सामुदायिक सेवा केन्द्र दाङ र नागरिक आवाज ललितपुरको सहकार्यमा यो अभियान सञ्चालन गरिएको हो । अभियान दाङमा करिब अढाई महिना सञ्चालन भएको थियो । अभियानले प्राकृतिक, मानविय विपद लगायत विभिन्न कारणले समस्यामा परेका व्यक्ती, परिवार र समुदायलाई सहयोग प्रदान गरेको छ ।


२७ महिनाको अवधीमा सामुदायिक सुरक्षा जालो अभियानले अति विपन्न, सिमान्तकृत, पछाडी पारिएका समुदाय, मानविय र प्राकृतिक विपदमा परेका परिवारलाई सहयोग गरेको छ । दिगो जिविकोपार्जनकालागि बिउ पूजीको रुपमा सामाग्री सहयोग, विपदमा परेको परिवालाई आवश्यकता अनुसार आपतकालिन सहयोग गरेको नेपाल महिला सामुदायिक सेवा केन्द्रका अध्यक्ष कल्पना न्यौपानेले जानकारी दिनुभयो ।

जिल्लाको घोराही उपमहानगरपालिका, बंगलाचुली गाउँपालिका र दंगिशरण गाउँपालिकाको ४३ जना अति विपन्न परिवारलाई दिगो जिविकोपार्जनमा जोड्नकालागि उनीहरुको माग बमोजिम सहयोग गरिएको छ । जसमा २४ जनालाई बाख्रा पालनकालागि बाख्रा, खुद्रा पसलका लागि आवश्यक सामाग्री, ३ जनालाई बुटिकसँग सम्बन्धीत सामाग्री, ३ जनालाई फलफुल पसलका लागि आवश्यक सामाग्री, १ जनालाई माछा पसल, ६ जनालाई कुखुरा पालनमा सहयोग गरिएको छ । यस्तै १ जनालाई कटाई सिलाई मेसिन सहयोग गरिएको छ ।

यस्तै ४० जना वादी, दलित, द्धन्दपीडित, हिंसा पीडित महिलाहरुलाई आधारभुत तथा एड्भान्स कटाईसिलाई तालिम प्रदान गरिएको छ । २१ घर परिवार जो विभिन्न विपदका कारण पीडित भएको समयमा घरसम्मै पुगेर राहत प्रदान गरिएको अध्यक्ष न्यौपानेले जानकारी दिईन् । जसमा आगलागी, चट्याङ, बाढि, पहिरो, डुबान जस्ता विपदमा परेको परिवार र मानविय विपदका कारण अप्ठेरोमा परेको समुदायलाई यस सामुदायिक सुरक्षा जालो कार्यक्रमले सहयोग गरेको उनले बताईन् ।

सय बढि सचेतना कार्यक्रम

अभियान अन्तरगत सचेतना कार्यक्रमहरु पनि अभियान अन्तरगत सम्पन्न गरिएको छ । समाजमा देखिएका विभिन्न सामाजिक समस्या तथा विकृतिहरुको विरुद्ध सचेतना कार्यक्रमहरु सम्पन्न गरिएको छ । जसमा विशेष गरि पछिल्लो समय बढ्दै गएको मानसिक स्वास्थ्य सचेतना, लागु औषध विरुद्धको सचेतना, बाल अधिकार, महिला अधिकार, लैंगिक हिंसा, जुवातास विरुद्धको सचेतना लगायतका कार्यक्रमहरु सञ्चालन गरिएको छ । यस्तै वादी समुदायका महिलाहरुका लागि प्रजनन् स्वास्थ्य सचेतना पनि सञ्चालन गरिएको छ भने विपद व्यवस्थापन लगायतका विषयमा थ्री जिरो क्लबसँगको समन्वयमा सचेतना कार्यक्रम सम्पन्न गरिएको छ । सचेतना कार्यक्रमले व्यक्तीलाई विपदबाट बचाउनका लागि सचेत बनाउन भूमीका निर्वाह गरेको छ ।

बालबालिकाहरुलाई सहयोग

सामुदायिक सुरक्षा जालो अभियान अन्तरगत ३ सय बढि बालबालिकाहरुलाई शिक्षामा सहयोग गरिएको छ । अति विपन्न परिवार, सिमान्तकृत तथा पछाडी पारिएका समुदाय, अभिभावक बिहिन ३ सय १३ जना बालबालिकाहरुलाई शिक्षाका लागि आवश्यक सामाग्रीहरु सहयोग गरिएको छ । विभिन्न समयमा आयोजना गरेर बालबालिकाहरुलाई आवश्यक शैक्षिक सामाग्रीमा कापी, किताब, कलम, जुत्ता, मोजा, झोला, विद्यालय पोशाक प्रदान गरिएको थियो । यस्तै आवश्यकता अनुसार विद्यालय शुल्क पनि अभियान अन्तरगत प्रदान गरिएको नेपाल महिला सामुदायिक सेवा केन्द्रका संस्थापक अध्यक्ष बिमला योगीले जानकारी दिईन् । ‘नेपाल महिला सामुदायिक सेवा केन्द्रले स्थापनादेखी नै बालबालिकाको शिक्षामा योगदान पु¥याउदै आएको छ’ योगीेले भनीन्– ‘सामुदायिक सुरक्षा जालो अभियानले बालबालिका शिक्षाबाट बञ्चीत नहोस् भनेर शिक्षामा सहयोग गरेको छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*