Home / Feature Breaking news / कार्तिक ३० गते विप्लवले नेपाल बन्द गर्ने

कार्तिक ३० गते विप्लवले नेपाल बन्द गर्ने

दाङ,२५ कार्तिक । पेट्रोलियम पदार्थमा गरिएको मुल्य बृद्धिको बिरोधमा बिप्लव नेतृत्वको नेकपाले कार्तिक ३० गते नेपाल बन्दको घोषणा गरेको छ ।

नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द ‘बिप्लवले बिज्ञप्ती जारी गर्दै ३० कात्तिकमा नेपाल बन्दको घोषणा गरेको हो । पेट्रोलिमय पदार्थमा गरिएको मुल्यबृद्धिले हरेक क्षेत्रमा महंगी बढ्ने भएकाले नेपाली जनता माथि सरकारले ठूलो अन्याय गरेको नेकपाले ठहर गरेको छ ।

३० गते नेपाल बन्दको कार्यक्रम घोषणा गरेको नेकपाले त्यसअघि आज २५ गते देशब्यापी प्रदर्शन,भोली साझँ मसाल जुलुस, २७ गते एक घण्टा देशब्यापी प्रदर्शन,२८ गते १ घण्टा चक्काजाम, २९ गते सिठ्ठि जुलुस र मसाल जुलुसको कार्यक्रम गर्ने पनि जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*