Home / Feature Breaking news / परिपक्क पूर्वाधार बटुल्दै देउखुरी

परिपक्क पूर्वाधार बटुल्दै देउखुरी

चुमा आचार्य÷ओम प्रकाश गुप्ता

राप्तीको प्रवेशद्वार भालुवाङ ‘व्यापारिक ट्रान्जिट’को बलियो सम्भावनालाई पछ्याइरहेको छ । लमही नगरपालिका पूर्वाधार बटुल्दै छ । सिसहनियाँ र गढवा बजार पनि देउखुरीमा पर्दछ । खुल्ने तरखरमा छ कोइलाबास नाका । सायद केही बर्षमै सडक कालोपत्रे भएपछि कोइलाबास नाकाले फेरि मुहार फेर्ने छ, जुन राप्ती मात्र नभएर गुल्मी अर्घाखाँची र बाग्लुङका जनताका लागि समेत पायक पर्ने नजिकको नाका हुनेछ । पूर्व–पश्चिम महेन्द्र राजमार्ग भएर पूर्व मेची र पश्चिम महाकालीसम्म जाने क्षेत्र पनि देउखुरी नै हो ।

हरेक दृष्टिकोणबाट सुविधा सम्पन्न र ऐतिहासिक महत्व बोकेको देउखुरीलाई राजधानी बनाउने बलिया आधार रहेका छन् । प्यूठान, अर्घाखाँची र कपिलवस्तु जिल्ला तथा भारतको सीमानासम्म देउखुरीको भू–भाग यो प्रदेशमा पर्छ । यहाँ थुप्रै ऐलानी जमिन छन्, जो आवश्यक संरचनाका लागि प्रयोग गर्नका लागि उपयुक्त छन् ।

\दाङ जिल्लामा प्रदेश राजधानीको पुर्वाधार निर्माणका क्रममा दाङकै देउखुरी उपत्यकामा रहेको संरचनाहरुको सदुपयोग तथा सम्भावनाहरुको उपयोग गर्दा सबै दृष्टिबाट जिल्लालाई राजधानी बनाउने आधार तय हुन्छ ।

देउखुरी उपत्यका प्रदेश नं. ५ कोे मुख्य केन्द्रविन्दुमा पर्छ । समग्र राप्ती अञ्चलको प्रवेशद्वार हुनुको साथै अर्घाखाँची तथा कपिलवस्तु जिल्ला समेत यसको सीमाना जोडिएको छ । अर्कोतर्फ अन्य जिल्लाको तुलनामा दाङको देउखुरी सीमाना सबै भन्दा धेरै जिल्लासँग जोडिएको छ । यसरी प्रदेश नं. ४ सँग पनि देउखुरीकोे सीमाना जोडिएको छ ।

भौगोलिक रूपमा समेत देउखुरी यस क्षेत्रकै मुख्य केन्द्रविन्दु हो । त्यस्तै अर्काे महत्वपूर्ण कुरा सरकारी कार्यालयका लागि आवश्यक जमिन पनि हो । देउखुरी उपत्यका, अन्य पूर्व र पश्चिमका उपत्यकामा समेत प्रशस्त सरकारी जमिन छ, जसका कारण संघीय राजधानी दाङमा बनाउदै गर्दा देउखुरीमा पनि आबश्यक कर्यालयहरु, व्यबस्थापकिा, कार्यपालिका तथा न्यायपालिकाका लागि आबश्यक सरचनाहरु निर्माण गर्ने योजना बनाइयो भने राज्यकोषको धेरै रकम जोगिने सरोकारवालाहरुको दावी छ ।

देउखुरी नेपालकैे केन्द्रविन्दु पनि हो । सोही कारणले अहिले पनि यसलाई महत्वपूर्ण उपत्यकाको रुपमा लिने गरिन्छ । यहाँ धेरै पूर्वाधार निर्माण भइरहेका छन् । यहाँ विभिन्न सरकारी कार्यालयहरु पनि छन् । अहिलेका कार्यालयलाई स्तरोन्नति गरेर प्रान्त स्तरीय कार्यालय बनाउन सकिने देखिन्छ ।

राजधानी हुनका लागि आर्थिक र सामाजिक रूपमा समेत सक्षम हुन आवश्यक छ । जुन क्षमता देउखुरीमा रहेको जानकारहरु बताउँछन् । दाङलाई संघीय राज्यको राजधानी बनाउन सकियो भने भोलिका दिनमा यस क्षेत्रको आर्थिक समृद्धि र विकासमा देउखुरी क्षेत्रका संभावनाहरुलाई पछ्याउदैपुर्वाधार निर्माण हुने हो भने आर्थिक र व्यवहारिक दुबै दृष्टिले उपयुक्त हुने अबस्था रहेको जानकारहरुको भनाइ छ ।

हामीसँग उच्च मूल्य रहेका कृषि उत्पादन छन्, उच्च पहाडी भेगमा हुने कृषिदेखि तराई क्षेत्रमा हुने कृषिवस्तु उत्पादन गर्ने वातावरण देउखुरीसँग छ, यो नै आर्थिक समृद्धिको ठूलो आधार हो । कृषिमा देउखुरीमा आफूलाई पुग्ने मात्र होइन, पर्याप्त मात्रामा उत्पादन गरेर निकासी गर्न सक्ने क्षमता रहेको जानकारहरु बताउँछन् ।

धान, गहुँ, आलु र तरकारीका क्षेत्रमा पनि देउखुरी उत्तिकै सम्भावना रहेको स्थान हो । देउखुरीले उद्योगका हिसाबले पनि प्रदेश नं. ५ का सबै जिल्लाको नेतृत्व गरेको छ । एसियाको दोस्रो ठूलो उपत्यका दाङ त्यसमा पनि देउखुरीको क्षेत्र नै ठूलो छ । चुनढुंगाको खानी देउखुरीमा नै छ । देउखुरीलाई राजधानीका रूपमा विकास गर्न सक्ने अर्को महत्वपूर्ण आधार भनेको जलस्रोत हो ।

यस क्षेत्रको केन्द्रमा रहेको देउखुरी नै जलस्रोतको विकासमा महत्वपूर्ण मानिने बड्कापथ सिचाई आयोजना पनि देउखुरीमा छ । आर्थिक समृद्धिको अर्को आधार पर्यटन हो । देउखुरीले प्रदेशकै समग्र पर्यटन विकासका लागि नेतृत्व गर्न सक्ने क्षमता छ ।

कृषि, जल, खोजमूलक र साहसिक पर्यटनका हिसाबमा देउखुरीमा धेरै सम्भावना छन् यसलाई राम्रोसँग विकास गर्न सक्यौं भने पर्यटनमा पनि हामीले फड्को मार्ने सम्भावना छन् ।

यहाँका राप्ती गाउँपालिका वडा नं. ९ देवीकोटमा रहेको भद्रक्षीदेवी मन्दिर, गोवरडिहाको बागथानबाबा जंगलकुटी, रिहारको बागरबाबाधाम, लमहीको जखेराताल, कालापानीको खौराहबाबा, धानखोला मन्दिर तथा राप्तीमा ¥याफ्टिङ, प्याराग्लाइडिङ र अन्य पदयात्रामा समेत सम्भावना छन् । जखेराताल जाने बाटो पनि पूर्व–पश्चिम राजमार्ग भएर नै जाने भएकाले यो केन्द्रविन्दु रहेको स्थानीयहरुको भनाइ छ ।

त्यसैगरी देउखुरी प्रशासनिक केन्द्र मात्र नभई शैक्षिक केन्द्र पनि हो । मध्यपश्चिमाञ्चलको राप्ती प्राविधिक शिक्षालय देउखुरीमा हुनुले पनि देउखुरीलाई प्रादेशिक राजधानीका लागि बल पु¥याएको छ । राप्ती प्राविधिक शिक्षालय स्थापनाले प्राविधिक सीपमा महत्वपूर्ण भूमिका खेलेको छ । यहाँ निकट भविष्यमै सुविधा सम्पन्न अस्पताल निर्माणको लागि पहल समेत भइरहेको छ ।

यस कारण दाङलाई प्रादेशिक राजधानी बनाइरहदाँ देउखुरीका यी संभावना र बिषेशतालाई पनि संगसंगै जोडेर अगाडि लैजना पर्ने हुन्छ । राज्यको पुनःर्संमरचनासँगै देश संघीयतामा गएको छ । संघीय संरचनाअनुसार यतिबेला जताततै संघीय राजधानी कहाँ राख्ने भन्ने चर्चा देशैभरि चलिरहेको छ ।

त्यसैअन्र्तगत प्रदेश नं. ५ को राजधानी दाङलाई बनाउने विशेष चर्चा र तयारी भैरहेको अवस्था हो । त्यसका लागि दाङ जिल्लामा पनि देउखुरी मात्रै पनि राजधानी थग्ने हैसियत निर्माण गरेको छ ।

देउखुरी यस्तो उपत्यका हो जस्ले दाङ जिल्लालाई प्रादेशिक राजधानीको मापदण्डभित्र पार्नका लागि निकै योगदान दिइरहेको छ । पहिलो मापदण्ड यो उपत्यका प्रदेश नं. ५ को मध्यबिन्दुमा रहेको छ भने दोस्रो मापदण्ड अन्तर्राष्ट्रिय मापदण्डअनुसार भारतीय सीमाको दूरी समेत रहेको छ । त्यसैगरी राजधानी बनाउनका लागि देउखुरीका भएका पूर्वाधारहरु फराकिलो प्रशस्त मात्रामा जग्गाहरु, जलस्रोत, पूर्व पश्चिम राजमार्ग, भित्री सडक सञ्जालको विकास, पर्यटकीय सम्भावनालगायतका पूर्वाधारहरु रहेका छन् ।

प्यूठान, रोल्पा, कपिलवस्तु, अर्घाखाँची, बाँके, बर्दिया लगायतका जिल्लाहरु जोडिएका छन् । त्यस कारण पहाडी भेगका नागरिकलाई राजधानी आउन सहज र कम समय लाग्ने हुन्छ । देउखुरीका सबै स्थानहरुमा सडक सञ्जाल विस्तार हुनुका साथै राजमार्गसँग जोडिएका छन् ।

यसका साथै लमहीदेखि ३३ किलोमिटरको दूरीमा रहेको भारतीय सीमा कोइलावास सडकलाई हुलाकी रामार्गको रुपमा निर्माण गरिँदै छ । यसले देउखुरीमा उत्पादन आयत र निर्यात गर्न कम खर्च लाग्ने हुन्छ । सबैभन्दा विकट मानिने राजपुरदेखि देविकोट, बौराहा, बेलदमान पनि सडक सञ्जालसँग जोडिएका छन् ।

अर्कोतिर भित्री सडकहरु पनि धमाधम कालोपत्रे हुने क्रममा छन् । सडक सञ्जालको विकासले यहाँ उत्पादित वस्तुलाई अन्य जिल्ला र भारतीय बजारमा पुराउन सहज बन्यो भने यहाँको आर्थिक समृद्धिमा समेत टेवा पुग्ने अपेक्षा गर्न सकिन्छ ।

सातौं राष्ट्रियस्तरका आयोजना देउखुरीमा रहेका छन् । आधुनिक कृषि प्रणालीको प्रवद्र्धनका लागि प्रधानमन्त्री आधुनिक मकै खेती सुपरजोन कार्यक्रम, मध्यपश्चिमस्तरीय जलउत्पन्न प्रकोप नियन्त्रण कार्यालय, जनताको तटबन्ध ६ नं. कार्यालय, भूमिगत जलस्रोत विकास डिभिजन कार्यालय, राष्ट्रिय सिचाई प्रगन्ना कुलो सिचाईलगायतका विकासे कार्यालयहरुको पहुँचले पनि देउखुरी अब विकास निर्माण र प्रान्तीय राजधानीका लागि पछि छैन भन्ने झल्को दिन्छ । अब देउखुरी मौन बस्दैन । थप पूर्वाधार बटुल्न नागरिक र स्थानीय तह जाग्दैछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*