आभास बुढाथोकी
घोराही, २२ भदौ
मौलाकोट दाङको पहाडी भेगमा पर्दछ । पहिले साविक नगरपालीकामा पर्ने मौलाकोट अहिले उपमहानगरपालीका वाड नं–१४ भएको छ । त्यहाका वासीन्दाहरु नगरवासी देखी उपमहानगरवासी भईसक्दा समेत उनीहरुले कुनै सुगम महसुस गर्ने पाएका छैनन् । जहाँ स्वास्थय चौकी, विजुली देखी आधारभुत तहसम्मको विद्यालयक समेत छैन ।
पहाडी क्षेत्रमा पर्ने मौलाकोटमा आधारभुत तहसम्मको पनि विद्यालय छैन जसका कारण मौलाकोटका अधिकांशका विद्यालय जाने उमेर पुगको बालबालीकाहरु घरमै आफ्नै आमा बुबाहरुसंगै खेतबारीमा काम गरीरहेको भेटिन्छन् ।
राज्यले पाचँ वर्ष उमेर पुगेका बालबालीकाहरुलाई शिक्षाबाट बन्चीत नुहन् भनेरै अनिवार्य भर्ना हुनेपर्ने शिक्षा निती बनाएको छ । तर गाउँमा विद्यालय नै नुहदा विद्यालय जाने उमेर पुगेको बालबालीकाहरु शिक्षाबाट बन्चीत भएका छन् । यहाँका बालबालीकाहरु गाउँमै विद्यालय नुहदा तिन घन्टाको बाटो हिडेरै घोराही बजार जान्छन् ।
गाउँमा माध्यमीक तहसम्मको विद्यालय नुहदा त्यहाँ बालबालीकहरु ढिला उमेरमा विद्यालयमा भर्ना हुने गरेको छन् । पहाडको बाटो त्यसमा पनि विद्यालय पुग्न जंगलकै बाटो हुदै जान पर्ने हुदा बालबालीकाहरु विद्यालय जानै डराउनछन् ।
त्यसैले अभिभावहरु पनि आफ्ना सानो उमेरका बच्चाहरुलाई विद्यालय पठाउदैनन् । विद्यालय पुग्न जंगलकै बाटो हुदै तिन घन्टा हिडेर जानुपर्ने बाध्यता हुँदा केहीले बिचैमा विद्यालय समेत छाडेका छन्
नन्दकली घर्तिका दुई छोरा, पाचँ छोरी छन् । उहाँका सबै छोराछोरीहरु आठ वर्षको उमेरमा मात्र विद्यालयमा भर्ना भएका हुन्् । उहाँको कान्छो छोरा बलबहादुर घर्ति पनि आठ वर्षको उमेरमा एक वर्ष अगाडी मात्रै विद्यालयमा भर्ना भएको हुन् ।
‘विद्यालय पुग्नै जंलगको बाटो भएर तिन घन्टा लाग्छ । सानै उमेरमा जंगलको बाटो घन्टौ हिडेरै विद्यालय जान डराउनछन्’–उहाँभन्नुहुन्छ– ‘एक वर्ष आगाडी स्कुल भर्ना गरेको छोरा साझं घर फर्किदा खुट्टा दुख्छ भन्छ ।’ छोराको यो कुरा सुन्दा उहाँको मन निकै पोल्छ । तर छोरालाई विद्यालय नपठाएर घरमै राख्न उहाँको मनले मान्दैन ।
उपमहानगरपलीका भइसक्दा समेत गाउँमा कुनै विकास निमार्ण भएको छैन । गाँउमा न खानेपानी, विजुली, स्वास्थ्य चौकी , नकुनै विद्यालय नै छ । बाटो पनि केही वर्ष आगाडीमा मात्रै पुगेको छ । त्यस अघि गाउँ पुग्ने बाटोसम्म थिएन । ‘केही वर्ष आगाडी गाउँमा पुग्ने बाटो समेत नुहदा,यहाँका बालबालीकाहरुलाई विद्यालयसम्म पुग्न निकै कठिनाई हुन्थ्यो ।
अहिले गाउँमा बाटो पुगेर केही सहज भएको छ’–टोलविकास संस्थाका अध्यक्ष गंगाबहादुर थापा भन्नुहुन्छ–‘हाम्रा बालबालीहरुलाई लागी गाँउमा एउटा आधारभुत तहसम्मको विद्यालय भएपनि विद्यालय चाहीएको छ ।’ गाउँमा एउटा विद्यालय भएमात्रै आफ्ना बालबच्चाहरुलाई टाढा विद्यालयमा पढाउन नपर्ने अभिभावकहरु बताउनछन् ।