Home / Feature Breaking news / घोराही बजारमा सरसफाईको अनुगमन

घोराही बजारमा सरसफाईको अनुगमन

घोराही, २१ भदौ

घोराही उपमहानगरपालिका वडा नम्बर १५ को सक्रियतामा आज घोराही बजार क्षेत्रको सरसफाई अवस्था बारे अनुगमन गरिएको छ । वडा अध्यक्ष रमेश पाण्डेको नेतृत्वमा वडा क्षेत्रका पसल आसपासमा सरसफाईको अनुगमन गरिएको हो ।

अनुगमनका क्रममा विभिन्न पसल छेउछाउमा भएको फोहरबारे पसल सञ्चालकहरुलाई ध्यानाकर्षण गराईएको थियो । ‘बजारलाई फोहर मुक्त बनाउने अभियान अन्तर्गत आज हाम्रो वडा भित्रका पसल छेउछाउमा सरसफाईको अवस्था के कस्तो छ भनेर अनुगमन गरेका हौँ,’ वडा अध्यक्ष पाण्डेले भन्नुभयो– ‘सरसफाई नभएका पसल सञ्चालकहरुलाई यसबारेमा ध्यानाकर्षण गराएका छौँ ।’

सरसफाई अनुगमन टोलीले बजार क्षेत्रका ठेला पसल देखी प्रत्यक ठूला पसलहरुमा पुगेर सरसफाईमा विशेष ध्यान दिन आग्रह गरेको थियो । फोहर व्यवस्थापन गर्न नसके कारवाही गरिने चेतावनी समेत दिईएको वडा अध्यक्ष पाण्डेले वताए । अनुगमन टोलीमा उपमेयर सीता न्यौपान लगाएत घोराही उपमहानगरपालिकाका कर्मचारीहरुको सहभागीता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*