चुमा आचार्य
महिलाहरुले तीजलाई महान पर्वको रुपमा लिन्छन् । अर्कोतर्फ समाजिक रुपमा तीजलाई महिलाहरुले अधिकारको पर्वको रुपमा पनि लिने गरिन्छ । तीजको महत्व आफैमा धार्मिक तथा सैद्धान्तिक दुवै दृष्ट्रिकोणवाट अत्यन्तै राम्रो छ । तर मनाउने तौर तरिका पछिल्लो सयममाा सिमा वढेर गएको छ । तीज साच्चै नै रमाइलो गर्नको रुपमा समाजमा यसको दायरा निक्कै वढेर जाने थालेको छ । संघ÷संस्था होउन वा विद्यालयहरुमा पनि तीज विषेश कार्यक्रमका रुपमा निक्कै महत्वका साथ मनाउन थालेका छन् । यसलाइ मनाउने तरिकामा सरलता ल्याउन आवश्यक देखिन्छ । किनकी हुने खानेका लागिपर्व नहुनेका लागि बोज नवनोस ।
धार्मिक मान्यता अनुसार हिमालय पर्वतकी छोरी पार्वतीले भगवान महादेवलाई मनपराउने तर उनका वुवा हिमालय पर्वतले पार्वतीको विवाह विष्णु भगवानसंग गरि दिने भएपछि पार्वतीले आफूले महादेवलाइ चाहेको र पतिको रुपमा प्राप्त गर्न तीजको दिन कठोर निहार व्रतवसी महादेव पतिको रुपमा प्राप्त गरेको धार्मिक किम्मदन्ती छ । अहिले पनि यो मान्यतालाई निरन्त्तता दिदैे महिलाहरु विवाहित अविवाहीत महिलाहरुले महत्वपूर्ण रुपमा तीजको वर्त वस्ने गर्दछन । परम्परा रितीरिवाज र संस्कार यति जटिल हुन्छन हामी चाहेर पनि यसको सजिलै परिर्वतन गर्न सम्भव छैन ।
अहिले पनि आम महिलाहरुमा यसको प्रभाव कायम नै छ । विवाहित महिलाहरु श्रीमानको दिर्घायूको कामना तथा अविवाहित महिलाहरु योग्य र आफूले चाँहे जस्तो श्रीमान पाँउ भनि यो तीजको वर्त उत्तिकै महत्वकासाथ बस्ने गरेको पाइन्छ । तर समय अनुसार हरेक मान्छेले आफ्नो बाटो तय गरिनु पर्छ भन्ने सैद्धान्तिक मान्यता पनि छ । परम्परालाई मान्यता दिनु पनि हाम्रो कर्तव्य ठानिन्छ तर विडो थाम्ने बहानामा सधै १७ सताब्दीमा मात्र सिमित रहयौ भने कति उचित होला ।पक्कै पनि तीजका धेरै पाटो राम्रा छन ।
श्रीमान श्रीमतीवीचको प्रेम विश्वास , माइती र चेली विचको भेटघाटले उनिहरु विच जोडेको प्रेम संम्वन्ध र एक कामको वेस्तताका वावजुद पनिएक दिन महिलाहरु ढुक्क भएर मनोरन्जनमा रमाउन पाउने परिवेशले पनि तीज आफैमा महत्व छ । अर्कोतिर तीज पर्वको गितलाई जोडेर आउने गितहरु धेरै धार्मिक कुराहरुलाइ जोडेर गाइने तथा महिलाहरुले वर्षदिनसम्म भोगेका पीडाहरुलाइ गीतमार्फत वाहिर ओकल्ने तथा केही माँयाजालका गीतहरु गाइने गरिन्थ्यो ।
यो समय परिवेश अनुसार ठिक पनि थियो , त्यो परिवेश महिलाहरुकालागी त्यस्तो समय थियो कि महिलाहरुले आफूले चाँहेको युवकसंग विहे गर्नत परै जाऔस बाल्यकालको कलिलो सयमै गरि दिने वालविवाह विवाहपछि श्रीमानसंगै जिउदै जल्ने परिस्थितीले महिलाहरु आफ्ना पीडा गीतमार्फतवाट पोख्नु स्वभाविकै पनि हो । त्यस वेलाको समय परिवेशमा यी धार्मिक कार्यले श्रीमानश्रीमतीवीचको मिलन ,प्रेमलाई मजवुद वनाउन तीजको वर्तले थप टेवा पुराउने गर्दथ्यो ।
अव त समयको चक्रले धेरै फ्डको मारेको छ । हाम्रो पारिवारिक परिवेश पनि त्यस्तो छैन । अहिले महिलाहरु अधिकार उम्मुख छौ । महिला पुरुषवीच समानता आएको छ । दुवैले महसुस समेत गर्न थालेका छन हामी दुवै संगसंगै अगाडी वढेमा मात्र सभ्य समाजको कल्पना सम्भव छ । संस्कृति जोगाउने हाम्रो दायित्व हो तर यसमा सास्कृतिक रुपान्तरण गर्दै हामी पनि जे जसरी हाम्रा अग्रज पुस्ताले जे गरे त्यसैलाई मान्यता दिइरहनु पर्छ भन्ने उपयुक्त नहोला सकारात्मक संस्कार तथा संस्कृतिलाई मात्र अनुसरण गर्न आवश्यक छ ।
परम्परा तोडनै पर्छ भन्ने वा समाप्त नै गरिहाल्नु पर्छ भन्ने पनि होइन । उनीहरुवाट सिकेका राम्रा कार्यको अनुसरण गर्दै समय अनुसार केही परिवर्तनतर्फ लम्किन जरुरी देखिन्छ । महिलाहरुवीचको लगाउने खाने पतिस्पर्धा पनि तीज पर्वसंगै अन्त्य गरिनुपर्छ । सवै खाने लगाउने होडवाजी गरेर मात्र महिलाहरुको मुिक्त सम्भव छैन । अव त अवसर चाहिएको छ काममा र सहभागितामा ।