लघुवित्त वित्तीय संस्थाले लाभांश दिन पाउने हालको १५ प्रतिशतको क्याप हटाइने भएको छ । नेपाल राष्ट्र बैंकले आगामी वर्षको मौद्रिक नीतिमार्फत यस्तो व्यवस्था गरेको हो ।
हालको व्यवस्थाअनुसार, वार्षिक १५ प्रतिशतभन्दा बढी लाभांश वितरण गर्न पाइँदैन थियो । तर, यस व्यवस्थालाई पुनरवलोकन गरिने भएको हो ।
लघुवित्त वित्तीय संस्थाको कर्जा लक्षित वर्गसम्म पुग्ने सुनिश्चित गरी कर्जा सदुपयोग अभिवृद्धि गर्न लघुवित्तका लागि लक्षित वर्ग, ऋण प्राप्त गर्ने मापदण्ड र ऋणीको योग्यतासम्बन्धी व्यवस्थामा पुनरवलोकन गरिने पनि मौद्रिक नीतिमा उल्लेख छ ।
बैंक तथा वित्तीय संस्थाहरूबाट प्रवाह हुने विपन्न वर्ग र अन्य निर्देशित कर्जाहरूको सीमा व्यवस्थाको अध्ययन गरी पुनरवलोकन गरिने छ ।
RaptiSandesh RaptiSandesh