Home / Feature Breaking news / कोरोना संक्रमितको संख्या १५६७ जना, १६६ जना थपिए

कोरोना संक्रमितको संख्या १५६७ जना, १६६ जना थपिए

दाङ,१८ जेठ । नेपालमा पछिल्लो २४ घण्टामा १६६ जना कोरोना संक्रमति थपिएका छन । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १५६७ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिएका छन ।

उनले मन्त्रालयको नियमित पत्ररका सम्मेलन कार्यक्रममा कोरोनाको पछिल्लो जानकारी दिएका हुन । उनका अनुसार थपिएका एक सय ६६ जनामा एक सय ६२ पुरुष र ४ महिलाहरु रहेका छन ।

उनका अनुसार आज थप एकजना कोरोना संक्रमित निको भएर घर गएका छन् । कोरोना निको हुनेको संख्या २२० पुगेको छ । नेपालमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ८ जना पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*