Home / समाचार / जन्मदिनमा महिला स्वास्थ्य स्वयमसेविकाहरुको बिमा

जन्मदिनमा महिला स्वास्थ्य स्वयमसेविकाहरुको बिमा

दाङ,१३ असार । दाङका एक व्यक्तिले आफ्नो जन्मदिनमा महिला स्वास्थ्य स्वयमसेविकाहरुको बिमा गरिदिएका छन् ।

घोराही उपमहानगरपालिका वडा नं. १० निवासी दिपक पाण्डेयले आफ्नो वडाका ११ जना महिला स्वास्थ्य स्वयम सेविकाकहहरुको बिमा गराईदिएका हुन ।

नेपाली कांग्रेस साविक त्रिपुर सभापति तथा सिद्धरत्ननाथ नमूना माध्यामिक विद्यालय नारायणपुरका विद्यालय व्यवस्थापन समितिका अध्यक्षसमेत रहेका पाण्डेयले विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस जोखिमको समयमा समुदायमा स्वास्थ्य सेवाका लागि खट्ने महिला स्वयमसेविकाहरुको बिमा गराइदिएको बताएका छन् ।

पाण्डेयले ११ जना महिला स्वास्थ्य स्वयमसेविकाहरुको प्रतिव्यक्ति ५० हजारका दरले बिमा गराईदिएको जानकारी दिए । ‘आफ्नो जन्मदिनलाई रचनात्मक रुपमा मनाउने उद्देश्यले मैले कोरोना भाइरसको संकटको समयमा समुदायमा स्वास्थ्य सेवाका खट्ने महिलाको बिमा गराईदिएको हु’–उनले भने–‘संकटको समयमा समुदायमा स्वास्थ्यका लागि खट्ने स्वयमसेविकालाई राज्यले हेर्न आवश्यक छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*