Home / Feature Breaking news / कोरोना संक्रमित महिलाको शव व्यवस्थापन

कोरोना संक्रमित महिलाको शव व्यवस्थापन

दाङ, १३ असार । दाङमा कोरोना संक्रमित महिलाको शव चार दिनपछि नेपाली सेनाले व्यवस्थापन गरिएको छ । चार दिन पहिले मृत्यु भएकी महिलाको शुक्रवार राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वाव परिक्षणका क्रममा कोरोना पोजेटिभ देखिएको थियो ।

कोरोना पोजेटिभ देखिएकी ती महिलाको शव सरकारले बनाएको कार्यविधि अनुसार शनिवार घोराही उपमहानगपालिका–३ कुइरेपानीको जंगलमा शव व्यवस्थापन गरेको प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले जानकारी दिएका छन् ।

उनको शव घोराहीमा रहेको रिपुमर्दन गणको तालिम प्राप्त नेपाली सेनाको टोलीले गरेको थियो । ‘मृतकको पहिचान नखुलेका कारण शव व्यवस्थापनमा केही ढिलाई भएको थियो’–उनले भने–‘तर संक्रमितको शव राख्दा थप जोखिम बढ्ने देखिएपछि शनिवार शव व्यवस्थापन गरेका हौ ।’ कोरोना संक्रमित शवलाई जिल्लामा विद्युतीय शव दाहागृह नहुदा गाड्ने गरिएको छ ।

घोराही उपमहानगरपालिका–१५ को गुम्राहचोकमा अचेत अवस्थामा फेला परेकी महिलाको बुधवार उपचारका क्रममा मृत्यु भएको थियो । तर उनको पहिचान भने खुलेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*