हिमाल खडका
दाङ, २५ चैत
दाङको भालुवाङमा रहेको इन्द्रेणी युवा क्लबले विभिन्न स्वास्थ्य सामग्री बितरण गरेको छ । राप्ती गाउपालिकाभित्र रहेका लालमटिया स्वास्थ्य चौकी र सिसहनिया स्वास्थ्य चौकीलाइ लुज ग्लोब, सर्जिकल ग्लोब, सर्जिकल मास्क, सेनिटाइजर, हाताधुने साबुनलगायतका सामाग्रीहरु वितरण गरेको हो ।
त्यस्तै ससस्त्र प्रहरी गण भालुवाङ, इलाका प्रहरी कार्यालय भालुवाङ र ट्राफिक प्रहरी कार्यालय भालुवाङलाई पनि हाताधुने साबुन,सेनिटाइजर लगायतका स्वास्थ्य सामाग्रीहरु प्रदान गरेको हो ।
सहयोग सामाग्रीहरु हस्तान्तरण गर्दै अध्यक्ष भिमबहादुर मरासिनीले कोरोना भाइरसको जोखिमलाई कम गर्न क्लबको तर्फबाट सानो सहयोग गरिएको बताएका थिए । उनले आगामी दिनमा समेत आफुले सक्दो सहयोग गर्ने बताएका थिए ।
साथै संकटको सामाना गर्न सबै नेपालीहरु एकजुट भएर लाग्न र सरकारका निर्देशनहरुको पालना गरेर होम क्वारेण्टाइनमा बसेर आफु सुरक्षित रहन र अरुलाई पनि सुरक्षित राख्नमा मद्दत गर्न सम्पूर्णलाई आग्रह गरेका थिए ।