Home / समाचार / निराधार आरोप र मिथ्या प्रचारको दोष मिडियाले लिदैनः पोख्रेल

निराधार आरोप र मिथ्या प्रचारको दोष मिडियाले लिदैनः पोख्रेल

घोराही, २५ चेत

कोरोना भाईरसको संक्रमण नेपालमा पनि फैलन सक्ने सम्भावनालाई मध्यनजर गर्दै नेपाल सरकारले १५ दिनदेखी लकडाउन गरेको छ । यो समयमा प्रधानमन्त्री केपी शर्मा ओवलीले मंगलवार देशवासीको नाममा दोस्रोपटक सम्बोधन गरेका छन् ।

उहाँको सम्बोधनसँगै विभिन्न टिका टिप्पणी भएका छन् । उहाँको सम्बोधनपछि नेपाल पत्रकार महासंघका केन्द्रिय वरिष्ठ उपाध्यक्ष विपुल पोख्रेलले फेसबुकमा स्ट्याटस लेख्दै यो संकटको बेलामा पत्रकारहरुले चुनौतीको सामना गर्दै अग्रमोर्चामा रहेर सूचना संप्रेषण गरेको कार्य प्रशंसनीय छ । यो कुरा प्रधानमन्त्रीको सम्बोधनमा समेटिएको भए यो क्षेत्र थप उत्साहित हुने बताएका छन् । उहाँले यतिबेला निराधार आरोप र मिथ्या प्रचारको दोष मिडियाले लिदैन, त्यो दोष दिनुपनि नहुने लेख्नुभएको छ ।

यस्तो छ उहाँको स्ट्याटस्ः

प्रधानमन्त्रीको सम्बोधनपछि….

# प्रधानमन्त्रीको सम्बोधनमा भनिए झै कोरोना संक्रमण बिरुद्धको लडाईंमा मिडियालगायत सबै एक होऔं ।

# यो संकटको बेलामा पत्रकारहरुले चुनौतीको सामना गर्दै अग्रमोर्चामा रहेर सूचना संप्रेषण गरेको कार्य प्रशंसनीय छ । यो कुरा प्रधानमन्त्रीको सम्बोधनमा समेटिएको भए यो क्षेत्र थप उत्साहित हुन्थ्यो ।

# पत्रकार महासंघ र प्रेस काउन्सिलले भर्खरै माग गरे अनुसार मिडिया क्षेत्रका लागि पनि प्याकेजमा योजना बनाउने सन्दर्भमा सरकारले निर्णय गरेको सुन्न मिडिया क्षेत्र आतुर छ ।

# मिडिया बेमौसमी वाजा झै सरकारलाई असफल बनाउने प्रचारमा मिडिया सिमित छैन ।

# यतिबेला निराधार आरोप र मिथ्या प्रचारको दोष मिडियाले लिदैन, त्यो दोष दिनुपनि हुन्न ।

# कोरोना संक्रमण बिरुद्धको लडाईंमा अफवाहहरुलाई चिर्दै सत्य तथ्य सूचना प्रवाहमा नेपाली मिडिया प्रतिबद्ध छन् ।

92517108_220955465675128_8292574021615091712_n

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*