Home / Feature Breaking news / रोल्पामा एम्बुलेन्स दुर्घटना, चालकको मृत्यु

रोल्पामा एम्बुलेन्स दुर्घटना, चालकको मृत्यु

दाङ,३० साउन । रोल्पामा भएको एम्बुलेन्स दुर्घटनामा एम्बुलेन्स चालकको मृत्यु भएको छ । शनिबार बिहान कोर्चावाङबाट फर्कने क्रममा माडी गाउँपालिका-२ खाेलवाङमा रा १ ज ७०५ नम्बरको एम्बुलेन्स दुर्घटनामा १ जनाको मृत्यु भएको हो ।

माडी गाउपालिका वडा नं. २ खोलवाङमा बिहान साढे ३ बजेतिर स्मृति अस्पताल प्रा.लिको एम्बुलेन्स दुर्घटना हुँदा चालक २७ वर्षीय ओमप्रकाश घर्तीको मृत्यु भएको हो । चालक रोल्पा माडी गाउँपालिका- ६ कोर्चवाङकै रहेको इलाका प्रहरी कार्यालय घर्तिगाउँले जनाएको छ ।

भैरहवाबाट कोर्चवाङ शव पुराएर फर्कने बेला शहीदमार्ग सडक खण्डको माडी २ खोलबाङमा दुर्घटना भएको हो । दुर्घटनामा पृथिप्रसाद पुन घाइते भएका छन् । एम्बुलेन्स सडकबाट झण्डै ६ सय मिटर तल खसेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*