Home / Feature Breaking news / कोरोना संक्रमित ३१२२ थपिए, २८ जनाको मृत्यु

कोरोना संक्रमित ३१२२ थपिए, २८ जनाको मृत्यु

काठमाडौं, २ वैशाख । पछिल्लो २४ घण्टामा थप ३१२२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९२९२ पीसीआर परीक्षणमा ३०३२ र ७८६ एन्टिजेन परीक्षणमा ९० जना गरी ३१२२ जनामा संक्रमण पुष्टि भएको हो । त्यसैगरी पछिल्लो २४ घण्टामा कोरोना भाइरसका कारण नेपालमा थप २८ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ४५० रहेको छ ।

स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार शनिबारसम्म कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ३१३६ रहेको थियो । तर आइतबारको तथ्यांकमा मृतक संख्या ३१६४ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*