Home / Feature Breaking news / डाक्टरसहित ९० प्रतिशत कर्मचारीमा कोरोना देखिएपछि अस्पताल बन्द

डाक्टरसहित ९० प्रतिशत कर्मचारीमा कोरोना देखिएपछि अस्पताल बन्द

काठमाडौं । बाँकेको सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा आकस्मिकबाहेक सबै सेवा बन्द गरिएको छ । डाक्टर, नर्ससहित अस्पतालका ९० प्रतिशत कर्मचारीमा कोरोना संक्रमण देखिएपछि अस्पताल एक साताका लागि बन्द गरिएको हो ।

अस्पताल प्रशासका अनुसार वैशाख १८ गतेसम्म इमरजेन्सीबाहेक सबै सेवा बन्द हुने छन् ।

बाँकेमा कोरोना संक्रमित संख्या उच्च रहेको छ । कोरोना संक्रमित बढेसँगै बाँकेलगायत खुला सीमा नाका भएका क्षेत्रका अस्पतालमा बेडसमेत अभाव हुन थालेको छ ।

कोरोना संक्रमण बढेपछि जिल्ला प्रशासन कार्यालय बाँकेले नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रमा अत्यावश्यकबाहेकका सबै सेवा बन्द गरेको छ । उपमहानगरपालिका क्षेत्रभर वैशाख ८ गतेदेखि वैशाख १५ गते राति १२ बजेसम्म अत्यावश्यक सेवा र त्यसका लागि प्रयोग हुने सवारी साधनबाहेक सबै सेवा र हिँडडुलमा निषेध गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*