Home / Feature Breaking news / रोटरी क्लबद्वारा नेपाली सेनासँगको सहकार्यमा संरक्षण सहितको वृक्षारोपण

रोटरी क्लबद्वारा नेपाली सेनासँगको सहकार्यमा संरक्षण सहितको वृक्षारोपण

दाङ, ७ साउन

घोराहीमा संरक्षण सहितको वृक्षारोपण गरिएको छ । रोटरी क्लब अफ दाङ र पन्त ग्लोबल कन्सल्ट्यान्सीको संयुक्त आयोजनामा नेपाली सेना रणसिंहदल गण घोराहीको संरक्षणत्व रहने गरि आइतबार घोराहीको विभिन्न स्थानमा वृक्षारोपण गरिएको हो ।

मानव कल्याण तथा वातावरण संरक्षण केन्द्र वृक्षारोपण पार्टनर तथा रिलायबल लाईफ ईन्स्यूरेन्स कम्पनी लि.को सहयोगमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरिएको हो ।

नेपाली सेना रणसिंहदल गण भरतपुर घोराहीमा करिब सय बढी विभिन्न जातका फलफुल विरुवा रोपण गरि सुरु गरिएको थियो । त्यस पश्चात घोराही क्रिक्रेट रंगशालामा २० वटा विरुवा रोपिएको छ भने चौघेरा मन्दिर परिसरमा धार्मिक प्रजातिका ७० वटा बेल, तेजपत्ता र विभिन्न प्रजातिका फुलहरु रोपीएको छ ।

नेपाली सेना रणसिंहदल गण भरतपुरमा औपचारिक कार्यक्रमको आयोजना गरि कार्यक्रम सुरुगरिएको थियो । रोटरी क्लब अफ दाङका अध्यक्ष प्रदीप मजगैयाँको अध्यक्षता तथा रणसिंहदल गणका प्रमुख सेनानी रविन्द्र महर्जनको प्रमुख आतिथ्यस्तामा भएको कार्यक्रममा कार्यक्रम बारे पन्त ग्लोबल कन्सल्ट्यान्सीका प्रमुख कार्यकारी अधिकृत धिरेन्द्र पन्तले गर्नु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*