Home / Feature Breaking news / नेपाली कांग्रेस क्षेत्र न. २ ले संगठन सुदृढिकरण अभियान सञ्चालन गर्ने

नेपाली कांग्रेस क्षेत्र न. २ ले संगठन सुदृढिकरण अभियान सञ्चालन गर्ने

घोराही, ७ साउन

नेपाली कांग्रेस क्षेत्र नम्बर २ दाङले संगठन सुदृढिकरणकालागी अभियान थाल्ने भएको छ । क्षेत्रिय समितिको आईतवार घोराहीमा बसेको बैठकले क्षेत्रका २७ वटै वडाहरुमा प्रतिनिधी खटाई वडाको वस्तुस्थिति संकलन गरि वडा समितिसँग संगठन सुदृढिकरणकालागी सुझाव संकलन गरेर अभियान अगाडी बढाउने निर्णय गरेको हो ।

क्षेत्रिय सभापति भिमप्रकाश खड्काको अध्यक्षतामा बसेको बैठकले वडा तथा टोल समितिहरुलाई नियमीत बैठक तथा संगठन सुदृढिकरणको कामहरु गर्न निर्देशन पनि दिएको छ ।

यस्तै क्रियाशील सदस्यताको बारेमा वास्तविक आवद्धताको अवश्थाबारे नामावलीसहित प्रतिवेदन पेश गर्न वडा समितिलाई निर्देशन दिने र आवश्यता अनुसार नयाँ सदस्यता थप गर्ने निर्णय पनि बैठकले गरेको छ ।

बैठकले क्षेत्रमा गठन गरिएको क्षेत्रिय प्रशिक्षण शाखामा सदस्य संख्या थप गरेको छ । शाखामा थप ११ जनालाई थप गरि १४ सदस्यीय बनाईएको छ । जसमा लालबहादुर गिरी, निशान्त आचार्य, खडानन्द खनाल, भुवन चौधरी, डण्डीराम बिक, सरस्वता गौतम, लक्ष्मी लम्साल, देवकला खड्का, कल्पना खड्का, बिजय गौतम र शिरवाज बस्नेत रहनुभएको छ ।

बैठकले पार्टिको विधान बमोजिम नेपाली कांग्रेस दाङसँग समन्वय गरि लेबी संकलन गर्ने निर्णय गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*