Home / Feature Breaking news / वि.पी स्मृति दिवसमा कांग्रेस दाङद्वारा वृक्षारोपण

वि.पी स्मृति दिवसमा कांग्रेस दाङद्वारा वृक्षारोपण

दाङ, ६ साउन ।

नेपाली कांग्रेस दाङ जिल्ला कार्यसमितिले बृक्षारोपण कार्यक्रमको आयोजना गरी नेपाली राजनितिका सिद्धहस्त युगपुरुष महामानव विश्वेश्वरप्रसाद कोइरालाको स्मरण गरेको छ ।

नेपाली कांग्रेसका संस्थापक नेता तथा प्रथम जननिर्वाचित प्रधानमन्त्री कोइरालाको ४१ औं स्मृति दिवसका अवसरमा नेपाली कांग्रेस दाङले धार्मिक एवं पर्यटकिय स्थल ज्यामिरे दह र घोराही उपमहानगरपालिका—१३ को वडा कार्यालय परीसरमा बृक्षारोपण गरी स्वर्गिय महामानव विश्वेश्वर प्रसाद कोइरालाको स्मरण गरेको हो । २ बढि फलफुल लगायत विभिन्न जातका विरुवाहरु रोपीएको थियो ।

बृक्षारोपण कार्यक्रमपछि आयोजित स्मृतिसभा कार्यक्रममा बोल्ने कांग्रेस अग्रज नेताहरुले महामानव विश्वेश्वर प्रसाद कोइरालाको राजनितिक योगदान र साहित्यिक लगावका विषयमा चर्चा गरेका थिए । नेपाली कांग्रेसका जिल्ला सभापति शंकर प्रसाद डाँगीको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथि नेपाली कांग्रेस लुम्विनी प्रदेशका सहमहामन्त्री खगराज पाण्डेले विपिको विचारलाइ आत्मसात गर्न नसक्दा कांग्रेस विग्रिएको र कांग्रेस बिग्रिएकै कारण अरुहरुले ठाँउ पाएको अभिव्यक्ति दिए ।

बृक्षारोपण पछि आयोजित स्मृतिसभामा बोल्दै नेता पाण्डेले दलिय भागवण्डाका कारण कांग्रेस आधा मात्र भएकाले कांग्रेस पूर्ण हुनकालागी भागवण्डाको अन्त्य हुनुपर्ने बताए । उनले विपिले भने जस्तै असल मान्छे बन्न पनि सवै नेता कार्यकर्ताहरुलाइ सुझाव दिए ।


कार्यक्रममा नेपाली कांग्रेस दाङका पुर्व सभापति विरकेशरी गौतम, नेपाली कांग्रेस दाङका निवर्तमान सभापति किर्ति वहादुर खड्का, कांग्रेस नेता तथा लुम्विनी प्रदेशका पुर्व प्रदेशसभा सदस्य शंकर गिरीले विपिको राजनितिक तथा साहित्यीक योगदानको चर्चा गरेका थिए ।

नेपाली कांग्रेसका उपसभापति गिरीराज सुवेदीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा पुर्वसभापति मोहनलाल वली, नेपाली कांग्रेस महासमिति सदस्य भुपबहादुर डांगी, नेपाली कांग्रेस लुम्बिनीका सदस्य पुष्पा श्रेष्ठ, नेपाल दलित संघका लुम्विनी प्रदेश संयोजक जोगेन्द्र विश्वकर्मा, नेपाली कांग्रेस क्षेत्र नंवर २ का सभापति भिमप्रकाश खड्का, क्षेत्र नंवर ३ क का सभापति देवेन्द्र रिजाल, ३ ख का सभापति खिम वहादुर वली, नेविसंघका जिल्ला अध्यक्ष कुलराज पोख्रेल, शिक्षक संघका जिल्ला अध्यक्ष प्रकाश डांगी, तरुण दलका केन्द्रिय सदस्य टोप वहादुर बुढाथोकि र श्रीधर शर्मा, नेपाली कांग्रेस घोराही– १३ का वडा सभापति गोपाल गिरी, विपि विचार समाजका रमेशकुमार पाण्डेय लगायतले महामानव विश्वेश्वरप्रसाद कोइरालाको स्मरण गर्दै उनले देखाएको बाटोमा हिड्न कांग्रेस नेतृत्वलाइ आग्रह गरेका थिए ।

कार्यक्रममा धन्यवाद ज्ञापन अर्का जिल्ला उपसभापति कमानसिह भारतीले गरेका थिए । कार्यक्रमलाइ सम्बोधन गर्दै नेपाली कांग्रेस दाङका अध्यक्ष शंकर प्रसाद डाँगीले यो दिनलाइ नेपाली कांग्रेसको ऐतिहासीक पर्वका रुपमा लिन आह्वान गर्दै महामानव विश्वेश्वर प्रसाद कोइरालाको आदर्श र सिद्धान्तलाइ आत्मसात गरी अघि बढ्न आम जिल्ला कार्यसमितिका पदाधिकारी, भ्रात्रिसंस्थाका पदाधिकारी, सुवेच्छिुक तथा शुभचिन्तक संस्थाका पदाधिकारीहरुलाइ आग्रह गरेका थिए । कार्यक्रमको सहजीकरण सचिव बालिका लम्सालले गरेकि थिइन् ।

यसैबीच रोपिएका विरुवा हुर्काउने पनि आफ्नो दायित्व भएको भन्दै नेपाली कांग्रेस दाङले आगामि भदौ २३ गते विपि जयन्तीको अवसर पारेर शनीवार रोपिएका विरुवा गोडमेल गर्ने र मलजल गर्ने कार्यक्रम समेत तय गर्ने कांग्रेस दाङका सचिव अर्जुन योगीले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*