Home / समाचार / सत्यतथ्य समाचार उठान गर्नुपर्ने स् नगर प्रमुख शाह

सत्यतथ्य समाचार उठान गर्नुपर्ने स् नगर प्रमुख शाह

अजय मिश्र
कपिलवस्तु, १ जेठ । चित्राँश मिडिया प्रा.लिको आयोजना तथा कृष्णनगर नगरपालिका कार्यालयको सहयोगमा ५ दिनको क्षमता अभिबृद्धि तथा पत्रकारिता तालिम सम्पन्न भएको छ ।

बैशाख २७ गते देखी सुरु भएको तालिममा कृष्णनगर नगरपालिकाका नगरप्रमुख रजत प्रताप शाहले मिडिया मैत्री नगर बिकासको लागि कटिबद्ध रहेको बताउनुभयो । नगरप्रमुख शाहले सञ्चारकर्मी र सञ्चार माध्ययम सधै सत्यतथ्य समाचार उठान गर्नुपर्ने बताउनुभयो । बैशाख २७ गतेदेखी सुरुभएको तालिम आज सम्पन्न भएको हो । कृष्णनगर नगरपालिका भित्र रहेका क्रियाशील पत्रकारहरु लाई तालिम दिईएको हो ।

कार्यक्रममा कृष्णनगरका प्रमुख प्रशासकीय अधिकृत राजप्रसाद त्रिपाठी उप मेयरका सल्लाहकार तुफेल अहमद खान, महेन्द्र मा.बिका प्रधानाध्यापक अनिल कुमार श्रीवास्तव, चित्रांश मीडियाका संचालक अंकुश श्रीवास्तव लगायतको सहभागिता रहेको थियो ।

तालिममा सहभागी प्रशिक्षर्थीहरुलाई खोज पत्रकारिता,फोटो पत्रकारिता,समाचार लेखन उदघोषण लगायतका बिषयबस्तुका बारेमा प्रशिक्षण दिईएको हो ।तालिममा सहभागी भएकाहरुले आफुले सिकेका सिप ब्यवहारमा उत्राने बताएका छन ।उक्त तालिममा २० जनाको सहभागिता रहेको थियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*