Home / Feature Breaking news / आगलागीः दश महिनामा नौ जनाको जलेर मृत्यु

आगलागीः दश महिनामा नौ जनाको जलेर मृत्यु

लिलाधर वली
दाङ,१जेठ । गत मंसिर २७ गते बंगलाचुली गाउँपालिका–८ गुराँसेमा सोलारको व्याट्री पड्किएर नवराज पुनको घरमा आगलागी भयो । आगलागीका कारण घरमा सुतेका उनका दुई छोरी र एक छोराको निधन भयो । आगो कारण घरमा सुतेका सात बर्षीय कृष्ण पुन, ५ बर्षीय अस्मीता पुन र दुई बर्ष छ महिनाकी अञ्जु पुनले ज्यान गएको थियो ।

त्यस्तै पुस १३ गते बबई गाउँपालिका वडा नं. ७ पातुखोला स्थीत धनबहादुर बोटेको घरमा आगलागी हुदाँ बोटेकी आमा ७५ बर्षिय डल्ली बोटेको मृत्यु भयो । चुरोट खादाँ कपडामा सल्किएको आगो घरमा लाग्दा बोटेको घरमै जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरिक्षक बिनोदविक्रम शाहले बताए । आगलागी सम्वन्धी सामान्य सावधानी अपनाउँन नसक्दा जिल्लामा धेरै आगलागीका घट्ना भएको उप्रहरी नायव उपरिक्षक शाह बताए ।

शाहका अनुसार जिल्लामा यो आर्थिक बर्ष आगलागीका कारण नौ जनाको ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालय दाङका अनुसार ९ जनाको ज्यान गएको छ । मृत्यु भएका मध्य अधिकास बालबालिका छन । आगलागीका कारण पुसमा बबई गाउँपालिका ७ निवासी रामकली घर्तिका दश बर्षीय छोरा राजु घर्ति, राप्ती गाउँपालिका वडा नं. १ बगासोती निवासी निवासी हिमाल रानामगरकी करिव एक बर्षीय छोरी संगीता रानामगर,राप्ती गाउँपालिका वडा नं. ७ छोड्की सिसहनियाँ निवासी ८० बर्षीय जीउरखन चौधरीको जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

त्यस्तै घोराही उपमहानगरपालिका वडा नं. १९ सैघा निवासी दलबहादुर खत्रीका चार बर्षीय छोरा हिमाल खत्री र सुनसरी जिल्ला घरभई तुलसीपुरमा व्यवसाय गर्दै आएका अजय उदाउँको मृत्यु भएको प्रहरीले जनाएको छ । अजयको तुलसीपुर उपमहानगरपालिका वडा नं. १२ टरिगाउँमा काम गर्दै गर्दा विद्युत सटभई आगलागी हुदाँ मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय दाङका अनुसार आगलागीका कारण एक करोड ३४ लाख ३५ हजार छ सय २० रुपैयाँ बराबरको क्षेती भएको छ ।

दाङ जिल्लामा यो बर्ष एक सय ३ वटा भएका आगलागीका घट्नामा चार जना घाइते भएको प्रहरीले जनाएको छ । आगलागीका कारण ७० वटा कच्ची घर, ३ वटा पक्की घर र ३१ वटा गोठमा क्षेती पुगेको छ । आगलागीका कारण यो आर्थिक बर्ष जिल्लामा ३७ वटा चौपायाको मृत्यु हुनका साथै आठ वटा चौपाया घाइते भएको जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी समेत रहेका प्रहरी नायव उपरिक्षक शाहले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*