Home / Feature Breaking news / खर्च नै बुझाउँदैनन उमेदवार

खर्च नै बुझाउँदैनन उमेदवार

लिलाधर वली
दाङ, २ भदौ । निर्वाचनको परिणाम सार्वजनिक भएको ३० दिनभित्र खर्चको विवरण पेस गर्नुपर्ने व्यवस्था भए पनि दाङमा वैशाख ३० मा भएको स्थानीय तह निर्वाचनमा उम्मेदवार बनेका १ हजार ७ सय ३ जना उम्मेदवारहरूले अझैसम्म खर्च विवरण बुझाएका छैनन् । उम्मेदवार २२.८४ प्रतिशत उम्मेदवारले मात्र खर्च विवरण पेस गरेका छन् । देशभर एक लाख १५ हजार १ सय ३३ उम्मेदवारले अहिलेसम्म खर्च विवरण नै बुझाएका छैनन् ।

निर्वाचन ऐन, २०७३ को दफा २६ मा खर्च बराबरको रकम वा पाँच लाख रूपैयाँमध्ये जुन बढी हुन्छ, त्यहीअनुसार कारबाही गर्नसक्ने व्यवस्था छ । ‘कुनै राजनीतिक दल वा उम्मेदवारले दफा २५ को उपदफा (१) वमोजिम निर्वाचन खर्चको विवरण पेस नगरेमा वा त्यसरी पेस भएको विवरणमा सोही दफाको उपदफा (२) वमोजिम लेखापरीक्षण हुँदा लेखापरीक्षकको प्रतिवेदनको आधारमा अस्वाभाविक वा निर्वाचनको स्वच्छतामा प्रतिकूल हुने गरी वा गैरकानुनी प्रयोजनका लागि गैरकानुनी तवरले खर्च गरेको देखिएमा आयोगले त्यस्तो राजनीतिक दल वा उम्मेदवारलाई त्यसरी गरेको खर्च बराबरको रकम वा पाँच लाख रूपैयाँमध्ये जुन बढी हुन्छ, सो बराबरको रकम जरिवाना गर्न सक्नेछ’, उफदफा २ मा भनिएको छ । सोही ऐनको दफा १ मा निर्धारित समयभन्दा पछि खर्च विवरण बुझाउनेलाई उसले गरेको खर्च वा आयोगले निर्धारण गरेकोमध्ये जुन बढी हुन्छ, सोहीअनुसार कारबाही हुने व्यवस्था छ ।

गत बैशाख ३० गते भएको स्थानीय तह निर्वाचनमा जिल्लाका दश स्थानीय तहमा प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्षदेखि सदस्यसम्म उम्मेदवार बनेका २२ सय ७ जना उम्मेदवारमध्ये ५ सय ४ जनाले मात्रै खर्च विवरण बुझाएका छन् । उनीहरूमध्ये ५ सय ३ जनाले समयमै र एक जनाले समयभन्दा पछि खर्च विवरण बुझाएका छन् भने बाँकी १ हजार ७ सय ३ जना उम्मेदवारले अझैसम्म खर्च विवरण बुझाएका छैनन् ।

निर्वाचनको मतमरिणाम सार्वजनिक भएको ३० दिनभित्र उम्मेदवारले सम्बन्धित जिल्लामा रहेको कार्यालयमा खर्च विवरण पेस गर्नुपर्ने भए पनि जिल्लामा साउनको महिनासम्म ५ सय ४ जनाले मात्रै खर्च विवरण बुझाएका हुन् । प्रदेश निर्वाचन कार्यालय दाङकाअनुसार हालसम्म घोराही उपमहानगरपालिकामा १ सय ३२ जना, तुलसीपुर उपमहानगरपालिकामा ५३ जना, लमही नगरपालिकामा १ जना, राप्ती गाउँपालिकामा १ सय जना, गढवा गाउँपालिकामा ५४ जना, राजपुर गाउँपालिकामा ३६ जना, बंगलाचुली गाउँपालिकामा ९ जना, बबई गाउँपालिकामा ४४ जना, दंगीशरण गाउँपलिकामा ३३ जना र शान्तिनगर गाउँपालिकामा ४२ जना उम्मेदवारले मात्रै खर्च विवरण पेस गरेका छन् ।

स्थानीय तह निर्वाचनमा उम्मेदवार बनेका २ हजार २ सय ७ जना उम्मेदवारमध्ये १ हजार ७ सय ३ जनाले खर्च विवरण पेस गर्न अटेरी गरेका छन् । जिल्लाका दश पालिकामध्य सबैभन्दा धेरै घोराही उपमहानगरपालिकामा १ सय ३२ जना उम्मेदवारले खर्च विवरण पेस गरेका छन् । जसमा प्रमुख ८ जना, उपप्रमुख ५ जना, वडाध्यक्ष ३९ जना, महिला सदस्य २२ जना, दलित महिला सदस्य १९ जना र सदस्य ३९ जना रहेका छन् । यसैगरी तुलसीपुर उपमहानगरपालिका प्रमुखमा ५ जना, उपप्रमुख ३ जना, वडाध्यक्ष १८ जना, महिला सदस्य ६ जना, दलित महिला सदस्य ६ र सदस्य १५ जना गरी जम्मा ५३ जनाले मात्र खर्च विवरण पेस गरेको कार्यालयका सूचनाअधिकारी गेहेन्द्र कुँवरले जानकारी दिएका छन् ।

यसैगरी गढवा गाउँपालिकामा अध्यक्ष÷उपाध्यक्ष २÷२ जना, वडाध्यक्ष, दलित महिला सदस्य, महिला सदस्य १०÷१० र खुल्ला सदस्य २० जना गरी ५४ जना, राप्ती गाउँपालिकामा अध्यक्षमा ४, उपाध्यक्ष ३, वडाध्यक्ष २१ जना, महिला सदस्य १७, दलित महिला सदस्य १८ जना र सदस्य ३७ जना गरेर जम्मा १ सय जना, राजपुर गाउँपालिकामा अध्यक्ष÷उपाध्यक्ष १÷१ जना, वडाध्यक्ष र महिला सदस्य ७÷७ जना, दलित महिला सदस्य ६ जना र सदस्य १४ जना गरी ३६ जना, बंगलाचुली गाउँपालिकामा अध्यक्ष÷उपाध्यक्ष २÷२ जना, वडाध्यक्ष, महिला सदस्य, दलित महिला सदस्य १÷१ जना र सदस्य २ जना गरी जम्मा ९ जना, दंगीशरण गाउँपालिकामा अध्यक्ष÷उपाध्यक्ष २÷२, वडाध्यक्ष ५ जना, महिला सदस्य ७ जना, दलित महिला सदस्य ५ जना र सदस्य १२ जना गरी जम्मा ३३ जना, बबई गाउँपालिकामा अध्यक्षमा ३ जना, उपाध्यक्ष १, वडाध्यक्ष १० जना, महिला सदस्य र दलित महिला सदस्य ७÷७ जना र सदस्य १६ जना गरी ४४ जना र शान्तिनगर गाउँपालिकामा अध्यक्ष÷उपाध्यक्ष १÷१ जना, वडाध्यक्ष, महिला सदस्य र दलित महिला ८÷८ र सदस्य १६ जना गरी ४२ जनाले खर्च विवरण पेस गरेका छन् ।

यसैगरी जिल्लामा सबैभन्दा कम लमही नगरपालिकामा एक जना उम्मेदवारले मात्र खर्च विवरण पेस गरेको कार्यालयले जनाएको छ । प्रदेश निर्वाचन कार्यालयकाअनुसार जिल्लाका दश पालिकामध्ये लमही नगरपालिकामा नगर प्रमुखका एक जना उम्मेदवारले मात्रै खर्च विवरण पेस गरेका छन् । लमही नगरपालिकामा ३ सय ३५ जना उम्मेदवार रहेका थिए ।

खर्च पेस नगर्ने उम्मेदवार कुन पालिकामा कति ?

घोराहीमा प्रमुखमा ६, उपप्रमुखमा ३ जना, वडा अध्यक्ष ६६, महिला सदस्य ५३, दलित महिला सदस्य ५० र सदस्य १ सय १२ जना गरी २ सय ९० ले खर्च विवरण पेस गरेका छैनन् ।

यसैगरी तुलसीपुर उपमहानगरपालिकामा प्रमुख÷उपप्रमुख ६÷६ जना, वडाध्यक्ष ७९ जना, महिला सदस्य ६६, दलित महिला सदस्य ५८ र सदस्य १ सय ३९ गरी ३ सय ५४ जना, लमही नगरपालिकमा नगर प्रमुखमा ७ जना, उपप्रमुखमा ८ जना, वडाध्यक्ष ५० जना, महिला सदस्य ४५ जना, दलित महिला सदस्य ३८ जना, सदस्य ८६ जना गरी २ सय ३४ जना, गढवा गाउँपालिकामा अध्यक्षमा ७ जना, उपाध्यक्ष ६, वडाध्यक्ष ३०, महिला सदस्य २१, दलित महिला सदस्य २०, सदस्य ४९ गरी १ सय ३३ जना, राजपुर गाउँपालिकामा अध्यक्ष÷उपाध्यक्ष ५÷५ जना, वडाध्यक्ष ३३ जना, महिला सदस्य २७ जना, दलित महिला सदस्य २४ जना, सदस्य ५३ जना गरेर १ सय ४७ जना र राप्ती गाउँपालिकामा अध्यक्ष ३ जना, उपाध्यक्ष २, वडाध्यक्ष २६ जना, महिला सदस्य २३, दलित महिला सदस्य २० जना र सदस्य ५० गरेर १ सय २४ जनाले खर्च विवरण पेस नगरेको कार्यालयले जनाएको छ ।

बंगलाचुली गाउँपालिकामा अध्यक्ष÷उपाध्यक्ष २÷२ जना, वडाध्यक्ष २१ जना, महिला सदस्य र दलित महिला सदस्य २०÷२० जना र सदस्य ४० जना गरेर १ सय ५ जना, दंगीशरण गाउँपालिकामा अध्यक्ष ५, उपाध्यक्ष ४, वडाध्यक्ष २६, महिला सदस्य २०, दलित महिला सदस्य १९ र सदस्य ४२ गरेर १ सय १६ जना, बबई गाउँपालिकामा अध्यक्ष÷उपाध्यक्षमा ४÷४ जना, वडाध्यक्ष २६ जना, महिला सदस्य १६ जना, दलित महिला सदस्य १३ र सदस्य ३६ गरेर ९९ जना र शान्तिनगर गाउँपालिकामा अध्यक्षमा ६ जना, उपाध्यक्षमा ३ जना, वडाध्यक्षमा २५ जना, महिला सदस्य १९ जना, दलित महिला सदस्य १३ र सदस्य ३५ जना गरेर १ सय १ जना उम्मेदवारले खर्च विवरण पेस नगरेको प्रदेश निर्वाचन कार्यालय दाङले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*