काठमाडौं,१९ बैशाख । नेपालमा थप दुई जनामा कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण पुष्टि भएको छ।
नयाँ सङ्क्रमित रुपन्देही र बाँकेका एक र एक जना रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।
यससँगै नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या ५९ पुगेको छ।
मन्त्रालयका अनुसार आज गरिएको परीक्षणबाट रुपन्देहीका २५ वर्षीय पुरुष र नेपालगन्ज बाँकेका ६० वर्षीय पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको हो। हाल उनीहरूको अवस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ।