बाेधराज रेग्मी
मजदुर हुँँ चर्को भाडा तिरेर बल्ल आएं
शहर टिक्न सकिन गुन्टा भिरेर बल्ल आएं
पैसा थिएन गोजीमा नि, हिडें साहूको खोजीमा नि
आंशु झारि सबै सामु गिरेर बल्ल आएं
कोही रुने वारितिर कोही रुन्छन् पारि कठ्ठै
छिया छिया पारी मुटु चिरेर बल्ल आएं
तय गरें भोकै यात्रा सधैं यस्तै पीडा मात्र
सयौं माइल हिड्दै गाउँ छिरेर बल्ल आएं
यसरी नि बांच्नु पर्ने अझै सपना सांच्नु पर्ने
ढल्नै लाथें बाटोमा केवल थिरिएर बल्ल आएं
(मजदुर दिवशकाे अवसरमा रचित गजल)
RaptiSandesh RaptiSandesh