Home / Feature Breaking news / एकजनामा कोरोना पुष्टि भएपछि नेपालगञ्जका चार स्थान ‘सिल’

एकजनामा कोरोना पुष्टि भएपछि नेपालगञ्जका चार स्थान ‘सिल’

नेपालगन्ज – नेपालगञ्जका एक जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएपछि सहरका चार स्थानलाई सिल गरिएको छ । कोरोना पोजिटिभ देखिएका व्यक्ति नेपालगन्ज उपमहानगरपालिकाको डिएसपी रोड महेन्द्र पार्कका ६० वर्षीय पुरुष हुन् ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकाश देवकोटाका अनुसार नमूना परीक्षण गर्दा उनमा कोरोना पोजेटिभ देखिएको हो र उनी भेरी अस्पतालमा रहेका छन् । डा देवकोटाका अनुसार सुशील कोइराला प्रखर क्यान्सर अस्पतालको आइसोलेसनमा संक्रमितलाई ल्याउँदै गरिएको छ ।
ति पुरुषमा संक्रमण देखिएपछि नेपालगञ्जका डिएसपी रोड, वडा न ८ महेन्द्र पार्क, धम्बोजी चोक र एकलैनी क्षेत्र सिल गरिएको बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खडकाले जानकारी दिए ।

संक्रमित व्यक्तिको आवतजावत भएको सम्भावित स्थानलाई सिल गरिएको हो ।
संक्रमित व्यक्ति डिएसपी रोडस्थित घरबाट महेन्द्र पार्कस्थित मस्जिदमा दैनिक आउजाउ गर्दै आएका थिए । जसका कारण उनी थुप्रै व्यक्तिहरुको सम्पर्कमा पुगेको हुनसक्ने भन्दै सिल गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*