Home / समाचार / छुट्टाछुट्टै घटनामा परि दाङका तीन जनाको मृत्यु

छुट्टाछुट्टै घटनामा परि दाङका तीन जनाको मृत्यु

घोराही, २५ भदौ
विभिन्न घटनामा परि दाङका तीन जनाको मृत्युभएको छ । पानीमा डुवेर, करेन्ट लागेर र सवारी दुर्घटनामा परि एक एक जनाको मृत्युभएको छ । घोराही उपमहानगरपालिका ११ बगालेमा कुलोमा बगेर एक बालिकाको मृत्यु भएको छ ।

२ वर्षिया श्वेता घर्तीको कुलोमा बगेर मुत्यु भएको प्रहरीले जनाएको छ । यसैगरी करेन्ट लागेर घोराही उपमहानगरपालिका २ रामपुरका ३१ वर्षिय खिमबहादुर सुनारको मृत्यु भएको छ । पानी चार्ने क्रममा करेन्ट लागेर सुनारको मृत्युभएको दाङ प्रहरी प्रमुख दुर्गासिंह चन्दले जानकारी दिनुभयो ।

उता शान्तिनगरका एक युवकको मोटरसाईकल दुर्घटनामा परि मृत्युभएको छ । नेपालगञ्जबाट दाङतर्फ आउदै गरेका शान्तिनगर गाउँपालिका वडा नम्बर ३ का २६ वर्षिय ढकबहादुर केसीको शम्शेरगञ्जमा भे ५ प ४२४ नम्बरको मोटरसाईकल दुर्घटनामा परि मृत्युभएको हो ।

मोटरसाइकलमा सवार उहाँकी श्रीमती सिता केसी गम्भीर घाइते रहेको र उहाँको नेपालगञ्जमै उपचार भइरहेको छ । गाडीले मोटरसाइललाइ ठक्कर दिदा दुर्घटना भएको भनिए पनि गाडीको पहिचान हुन नसकेको प्रहरीको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*