काठमाडौ,१० फागुन । युएईमा जारी पाकिस्तान सुपर लिगमा सन्दीपले डेब्यू खेलमै २ विकेट लिएका छन्।
नेपाली युवा बलर सन्दीप लामिछानेले पाकिस्तान सुपर लिग क्रिकेट प्रतियोगिताको डेब्यू खेलमै २ विकेट लिएका छन्।
अन्तर्गत आफ्नो पहिलो खेलमा मुल्तान सुल्तानका लागि ८४ रन बनाएर खेलिरहेका जेम्स भिन्सको विकेट लिएका हुन्।
पहिलो ओभरमा ३ छक्कासहित १७ रन खर्चिएका सन्दीपले आफ्नो व्यक्तिगत दोस्रो ओभरको पाँचौ बलमा भिन्सलाई क्याच आउट गराएका हुन्।
गत बर्ष आईपीएलमा डेब्यु गरे यता विश्वका हरेकजसो फ्रेन्चाईज लिगमा खेलिसकेका सन्दीपले हालै अष्ट्रेलियामा सम्पन्न बिग ब्यास लिगको फाइनलसम्म खेलेका थिए।
RaptiSandesh RaptiSandesh