Home / समाचार / अल्फा बोर्डिङमा निशुल्क स्वास्थ्य चेकचाज तथा शैक्षिक सामग्री प्रदर्शनी

अल्फा बोर्डिङमा निशुल्क स्वास्थ्य चेकचाज तथा शैक्षिक सामग्री प्रदर्शनी

दाङ,१० फागुन । घोराही उपमहानगरपालिका वडा नं. १४ मा रहेको अल्फा  इग्लिस बोर्डिङ स्कुलमा निशुल्क स्वास्थ्यचेक जाच तथा शैक्षिक सामग्री प्रदर्शनी कार्यक्रम सम्पन्न भएको छ । विद्यालयले शुक्रवार एक कार्यक्रमको आयोजना गरि स्वास्थ्य चेकजाच तथा निशुल्क स्वास्थ्य परिक्षण गरेको हो ।

ffg

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोविन्द नेपालीको अध्यक्षतामा भएको कार्यक्रममा शिक्षाविद गोविन्द न्यौपाने, घोराही उपमहानगरपालिका वडा नं. १३ का वडाध्यक्ष रविलाल घर्ति,एबिआईका निर्देशक ढुण्डिराज गिरी, ग्लोवल टे«र्निकका दिपराम टण्डनलगायतले सुभकामना मन्तव्य व्यक्त गरेका थिए । विद्यालयका प्रिन्सीपल आदिम केसीको स्वागत मन्तव्यवाट सुरुभएको कार्यक्रमको सहजीकरण विद्यालयका शिक्षक हेमन्त अधिकारीले गरेका थिए ।

ff

त्यस अवसरमा विद्यार्थीहरुलाई अध्ययन गराउनकालागि प्रयोग गरिने विभिन्न शैक्षिक सामाग्रीहरु प्रदर्शनी गरिएको थियो । त्यस अवसरमा पाँच सय ६५ जना बढिको निशुल्क स्वास्थ्य परिक्षण गरिएको थियो ।

aa विद्यालयले आयोजना गरेको निशुल्क स्वास्थ्य परिक्षण कार्यक्रममा बरिष्ट सर्जन डा. रमेश बस्नेत, जनरल फिजिसियन डा.अभ्यास पोख्रेल, जनरल फिजिसियन सुनिल महर्जन, डेन्टीस डा. बिनिता श्रेष्ठ, स्टाप नर्सहरु योजना अधिकारी, सोनु श्रेष्ठ, स्वेता चौधरी, निशा पोख्रेल,पुष्पा श्रेष्ठलगायतले विद्यार्थी तथा अभिभावकहरुको स्वास्थ्य चेकचाज गरेका थिए । त्यस अवसरमा बिरामीहरुलाई फार्मेसिष्ट रमेश खनालले औषधि वितरण गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*