Home / Feature Breaking news / दाङको बबईमा जीप दुर्घटना,एकको मृत्यु

दाङको बबईमा जीप दुर्घटना,एकको मृत्यु

दाङ,२२ कार्तिक । सल्यानको कालीमाटीबाट दाङको बबई गाउँपालिकातर्फ आउँदै गरेको यात्रुबहाक जीप दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ ।

सल्यानको कालीमाटीबाट दाङतर्फ आउँदै गरेको भे १ ज ५२२ नम्बरको जीप बबई गाउँपालिका २ एक्लेबर पाखेकुटी भन्ने स्थानमा दुर्घटनामा इलाका प्रहरी कार्यालय हंसपुरका प्रहरी प्रमुख सई टीका महतराले जानकारी दिएका छन् । उनका अनुसार दुर्घटनामा गाडीधनी समेत रहेका सल्यान कालीमाटी गाउँपालिका ३ निवासी करिव ४० बर्षीय देबबकादुर सुनारको घटनास्थलमै मृत्यु छ ।

दुर्घटनामा थप ११ जना घाइते भएका छन् । त्यसमध्य दुई जना बालबालिकाको अवस्था गम्भीर रहेको महतराले बताए । चालक फरार रहेका छन् । घाइतेहरुको तुलसीपुरमा रहेको राप्ती प्रादेशिक अस्पतालमा उपचार भैरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*