Home / समाचार / २५ बर्ष पहिले कोरियासँगको सहकार्यमा लमही तुलसीपुर नमूना सडक पीच गर्ने भरत रेग्मी

२५ बर्ष पहिले कोरियासँगको सहकार्यमा लमही तुलसीपुर नमूना सडक पीच गर्ने भरत रेग्मी

घोराही, ९ असोज

दाङको सडक यातायातको प्रयोग गर्ने यात्रु तथा चालकहरुकालागी पहिलो यात्रामै प्रंशसा गर्ने सडक थियो लमही–तुलसीपुर सडकखण्ड ।

चार लेन र छ लेन बनाउनकालागी भत्काईनुभन्दा पहिलेको यस सडकको निकै प्रशंसा हुन्थ्यो । करिब २६ वर्ष अगाडी निर्माण भएको यस सडकको जो कोहीले पनि प्रशंसा गर्ने गर्दथे ।

कोरियन प्रोजेक्ट अन्तरगत हानियो कम्पानीले वि.स २०५४ देखी २०५६ सम्म यस सडकको निर्माण गरेको हो । जसको नेतृत्वकर्ता हुन् दंगाली उद्योगी भरतप्रसाद रेग्मी । कोरियन कम्पनी अन्तरगत हानियो कम्पनीको म्यानेजर भएर काम गरेका भरतप्रसाद रेग्मी दाङको व्यवसायिक क्षेत्रका सफल व्यक्ती हुन् ।

रेग्मी यातायात क्षेत्रमा पनि स्थापीत व्यक्ती हुन् । अम्बिकेश्वरी सार्वजनिक यातायात प्रालिको संस्थापक अध्यक्ष भएर यातायात क्षेत्रमा पनि अतुलनिय योगदान गरका रेग्मीले नेपाकै अत्याधुनिक बाथरुमकालागी फिटिङ धाराहरुकालागी २०६८ सालमा एप्रोसीपी फिटिङ ईण्डष्ट्रीज प्रा.लि स्थापना गरेर सेवा दिएका छनु । स्थानीय रुपमै उद्योग स्थापना गरेर रेग्मीले दर्जनौ दंगालीहरुलाई रोजगार दिएका छन् ।
नमूना बचत तथा ऋण सहकारी संस्थाको संस्थापक अध्यक्ष भएर जिम्मेवारी पुरा गर्नुभएका रेग्मीले क्रसर व्यवसायी समिति दाङको सल्लाहकार भएर कार्यानुभव गरिसकेका छन् ।

२०७७ सालमा भएको दाङ जिल्ला उद्योग वाणिज्य संघको निर्वाचनबाट उद्योग सदस्य बन्नुभएका रेग्मी यही असोज १३ गते हुने निर्वाचनमा उद्योग उपाध्यक्षको उमेद्वार बनेका छन् ।

लामो समय उद्योग व्यवसायको क्षेत्रमा बिताएकाले उद्योगी व्यवसायीहरुको समस्या र चुनौतिहरु नजिकभाट हेर्ने र भोग्ने अवसर पाएकाले ती समस्या समाधानकालागी दाङ जिल्ला उद्योग वाणिज्य संघको नेतृत्वमा जान चाहेको बताए ।

कार्यसमिति सदस्य भएर संस्थागत विकासकालागी काम गरेको अनुभवसँगै उद्योग उपाध्यक्ष भएर संस्थागत विकास र उद्योगी व्यवसायीहरुको हकहितकालागी काम गर्ने उनको भनाई छ ।

‘लामो समय उद्योग व्यवसायमा अनुभव रह्यो । उद्योग वाणिज्य संघको सदस्य भएर पनि काम गरे । अब उद्योग उपाध्यक्ष भएर संस्थागत विकास र व्यवसायिक हकहितकालागी काम गर्नकालागी उमेद्वार बनेको छु’ रेग्मीले भने– ‘त्यसैले तपाई सम्पूर्ण उद्योगी व्यवसायी मतदाताहरुलाई अनुरोध गर्न चाहन्छु की मलाई मत दिएर बिजयी बनाएरु तपाईहरुको हकहितकालागी काम गर्ने अवसर दिनुहोला ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*