Home / समाचार / गुरुकुल एकेडेमीले यसरी मनायो धान दिवस

गुरुकुल एकेडेमीले यसरी मनायो धान दिवस

दाङ,१६ असार । घोराही–१५ स्थित गुरुकुल एकेडेमीका विद्यार्थीहरुले धान रोपेर असार १५ मनाएका छन् ।

विद्यालयका कक्षा १ देखि पाँचकक्षासम्म अध्यनरत विद्यार्थीहरुले दहि चिउरा खादै धान रोपेर राष्ट्रिय धान दिवस मनाएका हुन् । विद्यालयले हरेक वर्ष व्यवहारिक शिक्षा दिने उद्देश्यले विद्यार्थीहरुलाई रोपाईमा सहभागी गराउँदै आएको विद्यालयका सह–प्रचार्य मुकुन्द गिरीले बताए ।

बुधवार धान रोपाइमा सहभागी हुँदै गर्दा विद्यार्थीहरु उत्साहित देखिन्थे । हिलोसँग खेल्दै, रमाउँदै उनीहरुले धान रोपाई गरे । असार १५ गते दहि चिउरा खाने दिन भएकाले विद्यार्थीहरुले विद्यालयमा दही चिउरा  खाए  । सह–प्रचार्य मुकुन्द गिरीले बालबालिकाहरुलाई धानको महत्व बुझाउन यस्ता खालका गतिविधिमा सहभागी गराउँदै आएको बताए ।

विद्यालयका सह–प्रचार्य मुकुन्द गिरीको नेतृत्वमा भएको रोपाइ कार्यक्रममा एलिमेन्ट्रीकी संयोजक आशा चौधरी, मन्टेश्वरीकी सहायक संयोजक लोचना पौडेल लगायत विषयत शिक्षकहरुको सहभागीता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*