Home / Feature Breaking news / राप्ती शिक्षा क्याम्पसमा लागुऔषध विरुद्ध सचेतना

राप्ती शिक्षा क्याम्पसमा लागुऔषध विरुद्ध सचेतना

घोराही, २९ साउन
राप्ती शिक्षा क्याम्पस घोराहीमा लागुऔषध विरुद्ध सचेतना कार्यक्रम सम्पन्न भएको छ । जिल्ला प्रहरी कार्यालय दाङ र सामुदायिक प्रहरी सेवा केन्द्र दाङको संयुक्त आयोजनामा क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुलाई लागुऔषध विरुद्ध सचेतना कार्यक्रम सञ्चालन गरिएको हो ।

सामुदायिक प्रहरी सेवा केन्द्र दाङका अध्यक्ष आर.के.शीतलको अध्यक्षता एवं जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरिक्षक रामप्रसाद तिमल्सीनाको प्रमुख आतिथ्य र घोराही उपमहानगरपालिका वडा नम्बर १५ का अध्यक्ष रमेशकुमार पाण्डे र दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष बसन्त जोशीको विशिष्ठ आतिथ्यमा कार्यक्रम भएको थियो ।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरिक्षक रामप्रसाद तिमल्सीना लागु औषध दुव्र्यसन भनेको के हो, यसका लक्षणहरु, दुव्र्यसनीमा लाग्नुका कारण, बच्ने उपाय लगायतका विषयमा प्रशिक्षण दिनुभएको थियो ।

कार्यक्रममा सामुदायिक प्रहरी सेवा केन्द्र दाङका पूर्वअध्यक्ष एवं सल्लाहकार बलदेव योगीले स्वागत र क्याम्पसमा सहायक क्याम्पस प्रमुख गणेश खड्काले धन्यवाद ज्ञापन गर्नुभएको थियो । कार्यक्रमको सहजिकरण सामुदायिक प्रहरी सेवा केन्द्र दाङका सचिव के.वि.घर्तिले गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*