Home / Feature Breaking news / दाङमा ८२ जना प्रहरीको होल्डमा

दाङमा ८२ जना प्रहरीको होल्डमा

दाङ, २५ चैत

लकडाउनको उलङ्घन गर्ने ८२ जना व्यक्तीहरुलाई दाङमा प्रहरीले होल्डमा राखेको छ ।

कोरोना भाईरसको सक्रमण फैलन नदिनकालागि नेपाल सरकारले गरेको लकडाउनको समयमा नियमको अवज्ञा गर्ने ५४ जना पुरष र ५ जना महिलाहरुलाई मंगलवार केही समय होल्डमा राखेर सम्झाई बुझाई छोडिएको जिल्ला प्रहरी कार्यालय दाङका सुचना अधिकृत डिएसपी सुमित खड्काले जानकारी दिनुभयो । दाङमा प्रहरीले सोमवार १८ जना पुरुष र ५ जना महिला गरि २३ जनालाई होल्डमा राखेको थियो ।

यसरी प्रहरीले सोमवार र मंगलवार गरि ८२ जना व्यक्तीहरुलाई होल्डमा राखेर सम्झाईबुझाई छोडेको छ ।

यसका साथै मंगलवार ६५ वडा सवारी साधनहरु प्रहरीले नियन्त्रणमा लिएको छ । जसमा ट्याक्टर ३, ट्रक २, अटो ३, स्कुटर ९, मोटरसाइकल.४८ वटा रहेका छन् ।

कोरोना भाईरस (कोभिड­१९) को संक्रमण रोक्नकालागी अत्यन्तै जरूरी भएकाले लक डाउन अवधिभरको लागी जारी गरीएको सुचनाको पालना गरिदिन सम्पूर्ण जिल्लाबासीहरुमा जिल्ल प्रहरी कार्यालय दाङले अनुरोध गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*