Home / Feature Breaking news / तरकारी व्यवसायीलाई मनोपरामर्श तथा मास्क बितरण

तरकारी व्यवसायीलाई मनोपरामर्श तथा मास्क बितरण

दाङ,२१ असोज । दाङ महिला जेसीजले घोराहीका तरकारी व्यवसायीलाई मास्क बितरण तथा मनोपरामर्श प्रशिक्षण दिएको छ ।

विश्वव्यापी कोरोना भाइरसको महामारीको समयमा समस्यामा परेका व्यवसायीहरुलाई महिला जेसीजको सप्ताहव्यापी कार्यक्रम अन्तरगत चौथो दिन बुधबार मनोपरामर्श सम्वन्धी प्रशिक्षण दिएको हो । घोराही उपमहानगरपालिका–१५ मा रहेको तरकारी बजारमा तरकारी व्यवसायी गर्ने व्यवसायीहरुलाई मास्क बितरणसँगै सामाजिक मनोपरामर्श सम्वन्धी प्रशिक्षण दिएको हो ।

दाङ महिला जेसीजका अध्यक्ष जीवा भुसालको अध्यक्षता तथा घोराही उपमहानगरपालिका–१५ का अध्यक्ष रमेशकुमार पाण्डेयको प्रमुख आतिथ्य एव ब्रहमकुमारीज मधुवन आध्यात्मिक पुर्नजागरण केन्द्रका प्रवक्ता माधव तिमिल्सिनाको विशिष्ट आतिथ्यतामा भएको कार्यक्रममा बोल्ने बक्ताहरुले अहिलेको समयमा अत्यन्त उपयुक्त कार्यक्रम भएको भन्दै आयोजकको प्रशंसा गरेका थिए ।

कार्यक्रमको प्रशिक्षकमा नेपाल महिला सामुदायिक सस्था मनोबिमर्शकर्ता लक्ष्मी ढकाल रहेकी थिइन । महिला जेसीजको कार्यक्रमको बारेमा जेसीजकी कार्यकारी उपाध्यक्ष एव सप्ताहव्यापी कार्यक्रमकी मुल संयोजक नारायणी भण्डारीले जानकारी गराएकी थिइन । कार्यक्रम संयोजक सुजन पौडेल स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा सदस्य दिलु मल्लले आस्थापाठ गराएकी थिइन ।

कार्यक्रमका सहभागीलाई सिन्धु रिजालले धन्यावाद ज्ञापन गरेकी थिइन भने कार्यक्रमको सहजीकरण महासचिव संगीता गिरीले गरेकी थिइन । उक्त कार्यक्रममा करिव दुई दर्जन बढि व्यवसायीलगायतका व्यक्तिहरुको सहभागिता रहेको थियो ।

सप्ताहव्यापी कार्यक्रम अन्तर्गत महिला जेसीजले विहीवार घोराही उपमहानगरपालिका–१५ मा रहेको महिला जेसीजको सभाहलमा सन्देशमुलक साहित्यिक रचना बाचन कार्यक्रम गर्ने भएको दाङ महिला जेसीजकी अध्यक्ष जीवा भुषालले जानकारी दिएकी छिन । कार्यक्रमका अवसरमा मास्क समेत वितरण गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*