Home / प्रदेश समाचार / संविधानसभा सदस्य खनालद्वारा प्रादेशिक राजधानीको स्वागत
फाईल तस्वीर

संविधानसभा सदस्य खनालद्वारा प्रादेशिक राजधानीको स्वागत

दाङ,२० असोज । नेपाली कांग्रेसका नेता तथा संविधानसभा सदस्य राज खनालले प्रदेश नं. ५ को नाम लुम्विनी प्रदेश र राजधानी दाङ देउखुरीको भालुवाङमा राख्ने निर्णयको स्वागत गरेका छन् ।

उनले प्रदेश राजधानीको स्वागत गर्दै अव देउखरीको भालुवाङबाटै प्रदेशको प्रशासनिक कार्य सञ्चालन गर्न समेत आग्रह गरेका हुन । संविधानसभा सदस्य खनालले गोरक्षसँगको कुराकानीका क्रममा प्रदेश स्थापना भएको लामो समयपछि प्रदेश नं. ५ को राजधानी दाङ ल्याउने निर्णयले प्रदेशलाई न्याय गरेको समेत बताए । ‘प्रदेशको राजधानी प्रदेशका सवै जनतालाई पायक पर्ने स्थापनामा राख्नुपर्छ भन्ने मेरो माग थियो’–उनले भने–‘जुन आज प्रदेशसभाले पारित गरेर देखाइदिएको छ । यसको म स्वागत गर्न चाहान्छु ।’

उनले दाङ प्रादेशिक राजधानी बनाउन भूमिका खेल्ने सवैलाई धन्यावाद ज्ञापन गर्दै अव देउखुरीको भालुवाङमा संरचना निर्माणका लागि पहल गर्न समेत आग्रह गरेका छन । त्यसका लागि प्रदेश सरकारलाई नेपाली कांग्रेस र दाङले सहयोग तयार रहेको समेत बताइन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*